
होटल व्यवसायी संघ सुर्खेत को नेतृत्वमा पहिलोपटक महिला अध्यक्ष चयन भएकी छिन्।
माया थकाली रेस्टुरेन्ट एन्ड क्याफेकी सञ्चालिका प्रतिमा वली शनिबार सम्पन्न होटल व्यवसायी संघको सुर्खेतको सातौँ साधारण सभाबाट सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन्।
वली अध्यक्ष बनेसंगै कर्णाली प्रदेशका लागि मात्र होइन, सम्पूर्ण नेपालकै पर्यटन क्षेत्रका लागि एक ऐतिहासिक उपलब्धि बनेको छ।
साताैं साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा सुमन कार्की, प्रथम उपाध्यक्षमा धनबहादुर खड्का, द्वितीय उपाध्यक्षमा टोप बहादुर खड्का, महासचिवमा नन्दराम उपाध्याय, सचिवमा जंगबहादुर बोहरा, कोषाध्यक्षमा सबिता ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरूमा रबि पुरी, शंकर भट्टराई, प्रेम कार्की, खगेन्द्र अधिकारी सर्वसम्मत चयन भएका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि वलीले स्थानीय संस्कृति, स्वाद र पर्यटन प्रवर्द्धनमा जोड दिदै होटल व्यवसायीहरूको हक–हित संरक्षण गर्ने र युवा तथा महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने बताएकी छिन्।