अघिल्लो वर्षको तुलनामा सन् २०२५ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्यामा सामान्य वृद्धि भएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ मा कुल ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । सन् २०२५ मा नेपाल घुम्न आउने पर्यटकको संख्या बढे पनि पर्यटन क्षेत्रले अपेक्षा गरेअनुसारको तीव्र सुधार भने भएको देखिदैन् ।
तथ्यांकअनुसार सन् २०२५ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकमध्ये भारतबाट आउने पर्यटकको संख्या सबैभन्दा ठूलो रहेको छ । भारतबाट मात्रै २ लाख ९२ हजार ४ सय ३८ पर्यटक नेपाल आएका छन् ।
यस्तै अमेरिकाबाट १ लाख १२ हजार ३१६ पर्यटक नेपाल आएका छन् । चीनबाट आउने पर्यटकको संख्या भने उल्लेखनीय रूपमा वृद्धि भएको पाईदैन । चीन बाट ५८ हजार ६८४ पर्यटक नेपाल घुम्न आएका छन् ।
यस्तै बेलायतबाट ५७ हजार ५४५, बंगलादेशबाट ४९ हजार ३५७, अष्ट्रेलियाबाट ३७ हजार ५५०, श्रीलंकाबाट ३० हजार २४३, थाइल्याण्डबाट ३० हजार २२७ र जर्मनीबाट २४ हजार ७६३ पर्यटक नेपाल आएका छन् ।


