निरन्तर हिमपातले कञ्चनजंघा क्षेत्रको पर्यटन गतिविधि प्रभावित बनेको छ । पर्यटकीय सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा भएको निरन्तर हिमपातले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल घटेकाे पर्यटन व्यवसायिहरूले बताएका छन् ।
सिजनमा विदेशी पदयात्रीको घुइँचो लाग्ने लोनाक, घुन्सा, खम्बाचेन क्यापजस्ता पर्यटकीय गाउँ पनि सुनसान छन् । होटेलहरू खुलेका छन् । तर, पाहुना छैनन् ।
लोनाकवरिपरिका हिमाल घ्याङ पिक, धिमी गिल्ला, १५ पिक, नेपाल पिक, टुइन्स पिक, किराँत चुली, पाथीभरा पिक, जनकचुली यतिवेला सबै सेताम्मे छन् ।


