| २०८२ चैत्र १७ | [email protected]

नेपालगञ्जमा वैशाख ११ देखि १३ गतेसम्म ‘स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ आयोजना हुने

२०८२ चैत्र १७, मंगलवार

नेपालगञ्जमा वैशाख ११ देखि १३ गतेसम्म ‘स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ आयोजना हुने भएकाे छ ।

मंगलबार होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल (HAN) बाँकेले संयुक्त पत्रकार सम्मेलनमार्फत वैशाख ११ देखि १३ गतेसम्म शुशिल कोइराला स्मृति गेटदेखि पश्चिमतर्फको क्षेत्रमा स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल हुने हाेटलसंघका अध्यक्ष भिमलाल कडेलले जानकारी दिए ।

अध्यक्ष कडेलले फेस्टिभल नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत सुर्खेतरोड क्षेत्रमा रहेकाे शुशिल कोइराला स्मृति गेटदेखि पश्चिमतर्फको क्षेत्रमा आयोजना हुने बताए ।

उनले फेस्टिभलमा स्थानीय परिकारसहित परम्परागत तथा आधुनिक खानाका स्टलहरू रहनुसाथै, विभिन्न लाइभ म्युजिक, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिने बताए ।

आयोजकले फेस्टिभलमार्फत स्थानीय पर्यटन प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक स्थलहरूको प्रचारप्रसार, तथा होटल तथा रेष्टुरेन्ट व्यवसायको विकासमा टेवा पुर्‍याउदै स्थानीय आर्थिक गतिविधि बढ्ने, उपभोक्ताले गुणस्तरीय सेवा पाउने र नेपालगञ्जलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास  व्यक्त गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित ख