| २०८२ मंसिर ९ | [email protected]

सोलुखुम्बुको गर्मामा निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण

२०८२ मंसिर ७, आईतवार

सोलुखुम्बुको गर्मामा निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण सुरु गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (सटीपी)को संयोजनमा सोलुखुम्बु जिल्लाको गर्मामा मंगलबारदेखि निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण सुरु गरिएको हो ।

महिला सशक्तीकरण तथा दिगो पर्यटन विकासलाई प्राथमिकतामा राख्दै सुरु गरिएको १५ दिने आवासीय तालिममा देशका विभिन्न भागबाट छनोट भएका २८ महिलाको सहभागिता छ ।

बोर्डको सहकार्यमा नेपाल माउन्टेन एकेडेमीले सञ्चालन गर्दै आएको यस तालिमले सहभागीहरूलाई पदमार्गको प्राविधिक ज्ञान, सुरक्षा व्यवस्थापन, प्राथमिक उपचार, हिमाली क्षेत्रको आचरण तथा पेशागत सेवाको गुणस्तरीय अभ्यास सम्बन्धी सीप प्रदान गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख