बिजय कुमार ढकाल
आज विश्व नयाँ खोज र नयाँ सोचमा मग्न छ जसले नयाँ नयाँ अवसरहरु उत्पादन गर्न सकोस् । आज विश्वका हरेक राष्ट्रहरु मुख्य रुपमा आफ्ना युवा उर्जालाई राष्ट्र भित्र नै अवसर उत्पादन गरी रोजगार दिन प्रयासरत छ । विश्वको मुख्य चिन्ता नै ”बेरोजगारी घटाऊ र रोजगारी बढाऊ” साथै युवा शक्तिलाई सकेसम्म बाध्यात्मक रुपमा रोजगारीको लागि बाहिर (अन्य देशमा) जानबाट बचाऊ । यस चिन्ताबाट हाम्रो देश बच्न सकेको छ्रैन । हाम्रो देशका ५० लाख पुरुष युवा साथै ५ लाख युवा महिला विदेसिन बाध्य छन् साथै प्रत्येक दिन एक हजार भन्दा माथि बाहिरिंदै छन् । जुन अति चिन्ताको विषय मात्र नभई समाजको सामाजिक व्यवस्थामा नै उथलपुथल ल्याउने सम्भावना द्रुत गतिले अगाडि बढ्दै छ ।
पर्यटन हरेका राष्ट्रका लािग एक महान वरदान हो । विश्वका विकसित राष्ट्रहरु पर्यटन प्रवर्धनलाई सरल र सहज रुपमा अगाडि बढाउँदै आफ्ना देशका सम्भावित क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्न लागि परेका छन् । पर्यटकीय सम्भावना भएका गाउँ, सहर, ऐतिहाँसिक, सांस्कृतिक स्थल, धार्मिक मठ, मन्दिर, प्राकृतिक सुन्दरतम् स्थलको संरक्षण सम्बर्धन ध्यान एकीकृत गरिरहेका छन् । जैविक विविधताको संरक्षण, पर्यटन मैत्री वतावरणको सृजना मात्र होइन पर्यटकप्रतिको मानवीय व्यवहारको परिष्कृतिमा चिन्तन र चेतना जागृत भइरहेका छन् । पर्यटकका लागि सुविधा सम्पन्न होटेल, भौतिक पूर्वाधारमा लगानी बढाइरहेका छन् । पर्यटन व्यवस्थापनमा नयाँ युग नयाँ चुनौती अनि नयाँ अवसर पनि पर्यटन व्यवसायले जगाएको एउटा नवीन आशाको दीप हो ।
विकसित र समृद्ध राष्ट्रहरुसँगसँगै विकासोन्मुख राष्ट्रहरु पर्यटनमा आफ्नो स्थान तथा व्यवसाय उठाउन अन्य कृत्रिम पर्यटकीय गन्तव्य स्थलको निर्माण तथा आकर्षक योजना बनाई पर्यटन व्यवसायको क्षेत्रमा युद्ध स्तरमा लगानि ओईराइरहेका छन् । पर्यटनको प्रवर्धनका साथै पर्यटनको बजारहरु खोज गर्दै अगाडि बढ्दै छन् । एसियाको आशियान त्यसमध्ये एक राम्रो उदाहरण हो । अफ्रिकाका केही मुलुकहरु पर्यटन क्षेत्रबाट हुने फाइदा वाट अवगत भई सकेपछि ओहोरात्र पर्यटन प्रवर्धनमा लागि परेका छन् । यस क्षेत्रका चुनौती माथि अगुवाइ गर्न सके अवसरका महामार्गहरु स्वंयम खुल्नेछन् ।
सुन्दर पर्यटकीय गन्तव्य तथा पर्यटन मैत्रीसमाज अनि पर्यटकलाई गरिने हार्दिक सेवा, सत्कारले एक पर्यटकको यात्रालाई अति आनन्दित बनाइदिन्छ र पर्यटकका अन्र्तहृदयमा अमिट छाप पारिदिन सक्ने सामथ्र्य राख्दछ । पर्यटन र यसका सम्भावनाहरुलाई हेर्ने हो भने नेपालसँग कुनै राष्ट्रलाई तुलना गर्न सकिंदैन । अद्धितीय, अवर्णनीय, अनुपम सौन्दर्यको खजाना समेटेर विश्वलाई आमन्त्रण गर्ने सामथ्र्य यहाँको प्रकुति, यहाँको संस्कृति, यहाँको भौगोलिक, साहसिक पदयात्रा, विविधता, जैविक विविधता लगायत ऐतिहासिक, पुरातात्विक, सम्पदाले नेपालको पर्यटन व्यवसायको समज्वल भविष्य सङकेत गर्दछ ।
प्रकृतिले कुनै कन्जुश्याँइ नगरी सुन्दरता खन्याइदिएको छ तर हाम्रो सोच नै दरिद्र भएपछि कसको के लाग्छ । व्यक्तिगत स्वार्थमा अल्झिएर पर्यटनको सम्भावनालाई नजरअन्दाज गरिएको छ । पर्यटनको प्रवर्धन प्रचारप्रसार र अन्तराष्ट्रिय सम्पर्क स्थापना केवल मन्तव्य र योजनामा मात्र सीमित देखिन्छ । कार्यान्वयन पक्ष अत्यन्त कमजोर नै छ । हामीसंग श्रोत र सम्पदा पर्याप्त छ । कार्य दक्षता तथा पर्यटन प्रवर्धनका लागि आवश्यक बजेट नभएको होइन । पर्यटनबाट अरवौं राजश्व संकलन भइरहेको छ तथापि पर्यटनको प्रवर्धनर प्रचारप्रसारमा कति लगानी गरिरहेका छौं त ? प्रश्न वाचक चिन्ह खडा हुन्छ ।
धार्मिक पर्यटनको सम्भावना मात्र हेर्ने हो भने पनि विश्वमै नभएको अभुतपूर्व संयोजन छ । पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, जनकपुर यी स्थलहरु मात्र उचित किसिमको प्रवर्धन र प्रचारप्रसार हुने हो भने करोडौ करोड पर्यटक भित्राउन असम्भव छैन । धार्मिक पर्यटन क्षेत्रमा कुनै वगर्, सम्प्रदाय हावी हुनु पर्यटन क्षेत्रका लागि अभिशाप हुने कुरा निर्विवाद छ । यस्ता सम्पदा तथा स्थलहरु राष्ट्रकै आर्थिक उन्नतिका लागि वरदान हुन सक्दछन् । व्यापारिक र व्यवसायिक विज्ञान अनुसार व्यवस्थित र सुरक्षित पर्यटन प्रवर्धन गरि सामूहिक पर्यटन ९ःबकक त्यगचष्कm० को दुरगामी सोच राखी परिमाणत्मक रुपमा प्रर्वधन गर्नु बाञ्छनीय छ । पशुपतिनाथ र लुम्बिनी गुरु योजनालाई सवल र सफल बनाउने सारथीको खाँचो छ । यी क्षेत्रको प्रचारप्रसार विश्वभरि नै व्यापक रुपमा गर्न सकिएमा नेपालका धार्मिक पर्यटनबाट नै राष्ट्रका केही प्रदेशहरुमा २० लाख भन्दा बढी रोजगार दिन सकिन्छ ।
साहासिक पर्यटन विश्वकै सबैभन्दा खर्चिलो र महङ्गो पर्यटन हो । नेपाल साहसिक पर्यटन व्यवसायमा अग्रस्थान राख्दछ । पर्वतारोहण विश्वकै लागि आकर्षक र रोमाञ्चक पर्यटन भएकाले हिमाली क्षेत्रको सम्भव्यता हेर्दा नेपालको आर्थिक समृद्धिमा यो नै पर्याप्त छ तर चुनौतीका रुपमा मुख्य पूर्वाधारमा सञ्चार सुविधा, यातायात, आकस्मिक आवास, सुरक्षा, पर्यटन प्रहरी र निश्चित दुरीमा आवास व्यवस्थापन आवश्यक रहेका छन् ।
मौसम सम्बन्धी गतिविधिको पर्यटकलाई आवश्यक जानकारी दिने माध्यम तथा सञ्चारलाई चुस्तदुरुस्त बनाउनु आवश्यक छ तथा पर्यटन सरोकारवालहरु र नेपाल पर्यटन मन्त्रालयले पर्यटन प्रवर्धन लाई छुट्याइएको प्रत्येक वर्षको बजेटलाई सत प्रतिशत पारदर्शी हुने गरी देशको प्रत्येक जिल्लामा प्रदान गरेर पर्यटन प्रवर्धन तथा जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुका साथै पर्यटन क्षेत्रबाट समग्र फाइदा र महत्व वारे जानकारी दिनुपर्छ ।
नेपालमा आउने अन्तराष्ट्रिय पर्यटकहरुलाई भिसा प्रोसेसिङ्गका विधिलाई सरल र सहज वनाउन समय अनुसारको नीति निर्माण गर्न कन्जुस्याइँ नगरी देशका सबै पर्यटकीय गन्तव्यहरु वारे सहजै जानकारी दिने नीति निर्माण गरी झन्झटिलो नीतिबाट पर्यटन व्यवसायी तथा विदेश वाट आउनु भएका पर्यटकहरुलाई मुक्त गराई सहज र सन्तोषजनक वातावरण वनाउन पहल गर्नु आजको आवश्यकता हो ।
समयको माग अनुसार हाम्रो आन्तरिक वायु सेवा कम्पनीहरुको मनोवल वढाई डोमेस्टिक एयरपोर्टका साथ साथै अन्तराष्ट्रिय एयरलाईन्स कम्पनीहरुलाई नेपालमा भित्रिन सम्भावित र आकर्षक निती बनाइ नेपालको अकासलाई सुरक्षित बनाउने नीतिहरु खडा गर्न आवश्यक देखिन्छ । अन्तराष्ट्रिय एयरपोर्टहरु निर्माणमा कुनै ढिलासुस्ती नगरी समयमै निर्माण पूरा गर्न सम्वन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ । पर्यटनले नै नेपालको आर्थिक उन्नति तथा वेरोजगारको न्यूनिकरणमा नयाँ आयाम थप्ने हुँदा पर्यटनक्षेत्रको प्रवर्धनमा सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी निर्वाह गर्नु सवैको कर्तव्य हो ।
विकाशको लागि पर्यटन र पर्यटनको लागि जनचेतना