| २०८२ माघ १५ | [email protected]

भ्रामक अभिव्यक्तिप्रति होटल तथा पर्यटन व्यवसायी संघ बाराको आपत्ति

२०८२ पुष २५, शुक्रबार

सिमरा ३ बजनीस्थित इच्छा हाेटलका  सञ्चालक इन्द्रबहादुर बाग्लेले विभिन्न सञ्चारमाध्यममार्फत दिएको अभिव्यक्तिप्रति होटल तथा पर्यटन व्यवसायी संघ  बाराले आपत्ति जनाएको छ ।

संघले जारी गरेको प्रेस विज्ञप्तिमा बाग्लेले सिमराको अवस्था अस्तव्यस्त रहेको, आफू बाहेक अन्य व्यवसायीहरूले उल्लेखनीय योगदान नगरेको तथा सिमराका होटलहरू व्यवस्थित नरहेको भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै ती भनाइहरू तथ्यहीन, भ्रामक र गैरजिम्मेवार भएको दाबी गरिएको छ।

विज्ञप्तिमा सिमरा ऐतिहासिक, आर्थिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै यस्ता अभिव्यक्तिले यहाँको पर्यटन छवि र लामो समयदेखि मेहनत गर्दै आएका होटल तथा पर्यटन व्यवसायीहरूको मानमर्दन भएको संघको ठहर छ।

साथै, सिमराको पुरानो विरासत बोकेको लामो समयदेखि सञ्चालनमा रहेका होटलहरूलाई लिएर पहिलो एसी कोठा बनाएर रकम असुली गरिएको भन्ने आरोप निराधार रहेको संघले जनाएको छ। बाग्लेका दाबीहरू सत्यविहीन भएको र उनले उल्लेख गरेको होटलमा हालसम्म बार सञ्चालनमा नरहेको कुरा लामा होटलका सञ्चालक सूर्य लामाले स्वयं स्पष्ट गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

संघले आसन्न चुनावी गतिविधिलाई ध्यानमा राख्दै अफवाह फैलाउने, भ्रामक टिप्पणी गर्ने तथा सिमरा र यहाँको पर्यटन व्यवसायमाथि तथ्यहीन आरोप नलगाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ। होटल तथा पर्यटन व्यवसायी संघ, बारा व्यवसायी सदस्यहरू र स्थानीय समुदाय आर्थिक, सामाजिक तथा व्यावसायिक रूपमा संगठित र एकताबद्ध रहेको पनि विज्ञप्तिमा जनाइएको छ।

आगामी दिनमा होटल तथा पर्यटन क्षेत्रसम्बन्धी विषयमा यस्ता दुष्प्रचारात्मक र तथ्यहीन अभिव्यक्तिहरू दोहोरिए संघ कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत संघले दिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख