सन्तोष उप्रेति होटल सान्दार बिदुरका सञ्चालक, ड्रिमल्याण्ड अर्गानिक फर्म एण्ड रिसोर्ट प्रालिका सञ्चालक सदस्य, उद्योग बाणिज्य संघका उपाध्यक्ष, नेपाल माईक्रोबस कम्पनी प्रालिका केन्द्रिय सदस्य, होटल तथा पर्यटन व्यवसायी संघ नेपाल प्रदेश ३ का अध्यक्ष समेत रहेका छन् । सानो उमेर देखिनै बिभिन्न संघ संस्थाको जिम्मेवारी बहन गर्दै आएका उप्रेतिसँग पर्यटनको क्षेत्रमा जोडिएको १ दशक भन्दा लामो अनुभब छ । उनि जोडिएका संघ संस्थाहरुले कुनै न कुनै रुपमा पर्यटकहरुलाई सेवा दिई रहेको छ ।
नेपालमा पर्यटक कसरी भित्राउने र साना÷मझौला होटलहरुमा पर्यटकहरुलाई सहज रुपमा कसरी राख्ने भन्ने अभियानमा लागेका छन् उनि । मझौला तथा साना होटलहरुको अवस्था, सम्भावना र चुनौती तथा नेपाल भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्राउन साना लगानीका होटलहरुको भूमिका के हुन्छ भन्ने विषयमा केन्द्रित रहेर उप्रेतिसंग आओर टुरिजम न्यजका सम्पादक टंक रेग्मीले गरेको कुराकानी ः
होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, प्रदेश ३ को २ वर्षे कार्यकालको लागि निविरोध अध्यक्ष बन्नुभएको छ, अब संस्थालाई कसरी अगाडि बढाउने योजना बनाउनुभएको छ ?
आज भन्दा एक वर्ष अगाडि प्रदेश ३ का १३ जिल्लाका होटल व्यवसायीहरुसंग हामीले नेपालको पर्यटन प्रवद्र्धन कसरी गर्न सकिन्छ भनेर छलफल गरेका थियौँ । त्यसै अनुरुप हामीले गत वर्ष असोज १० गते प्रदेश अन्र्तगत होटल तथा पर्यटन व्यवसायी संघ दर्ता ग¥यौँ । त्यसको एक वर्ष पछि मेरै नेतृत्वमा निविरोध कार्यसमिति बेनेको छ । यसले होटल व्यवसायीहरुका समस्याहरुलाई समाधान गर्न हाम्रो पहिलो काम हुने छ । भने हामीले संस्थालाई बलियो बनाउन हामीसंग भएका मझौला तथा साना होटलहरुको ‘स्ट्यान्र्डड अपग्रेड’ र पुराना होटलहरुको स्तरउन्तति गदै नेपालमा आउने विदेशी तथा स्वदेशी पहुना बस्न मिल्ने बनाउने सोच बनाएका छौँ । जुन मझौला होटलहरु छन्, तिनिहरुमा ग्रामिण भेगमा उपलब्ध हुने श्रोत तथा साधनहरुको अधिकतम प्रयोग गरिन्छ । त्यसको प्रबद्धन गर्न तर्फ अहिले संघ केन्द्रित छ । त्यसले मझौला होटलहरुमा पर्यटकहरुलाई भित्र््याउन सकिन्छ । मुलुक पुनःसंरचित भएर कार्यान्वयनमा आएको स्थानिय तह, प्रदेश तहसँगै केहि पर्यटकीय क्षेत्रहरुको बिस्तार भएको छ । बिकेन्द्रिकृत अबधारण अनुसार अहिले मकवानपुरको भबिष्य उज्जवल भएको छ । भलै अस्थाई मुकामको रुपमा रहेता पनी त्यस क्षेत्रको पुर्बाधारमा ठुलो प्रगती भैसकेको छ । यसले दिर्घकालीन रुपमा प्रभाब पार्छ ।
प्रदेश तिनमा साना तथा मझौला होटलहरूको अवस्था कस्तो छ ?
पछिल्लो समय प्रदेशमा रहेका होटलहरु निर्वाद रुपमा सञ्चालन गर्न केहि कठिनाई भएको छ । दोहोरो कर तथा होटल चल्ने समय भनेको साझ ६ देखि १२ बजे सम्म हो त्यो समयमा प्रहरी प्रशासनले अवरोध गर्ने गरेको छ । यसले होटलमा साझ आउने पाहुँनालाई समेत खान र बस्न बाट बञ्चित गर्नु पर्ने अवस्था रहेको छ । शहरउन्मुख क्षेत्रमा त खासै समस्या छैन् तर ग्रामिण भेगमा रहेका होटलहरुको अबस्था हेर्ने हो भने उनिहरु राज्यबाट उत्पिडनमा परेको छ । सडकको अबस्थामा सुधार भएको छैन् । बिना पुर्बाधार होटललाई राज्यले लगाम लगाउन खोज्नु राम्रो होईन । यसमा अझै केहि पुर्बाधारहरु छन् । अहिले तत्कालैकै कुरा गर्ने हो भने प्रदेश नम्बर ३ को रसुवा, नुवाकोट, धादिङ र चितवन यि ४ जिल्लाबाट त्रिदेशिय मार्गको बिस्तार भैरहेको छ । नेपाल सरकारले प्राथमिकतामा राखेको राष्ट्रिय गौरबको आयोजनामा चितवनको ठोरी देखि चिनको केरुङ सम्मको सडक पुर्बाधार यि ४ जिल्लाले समेट्छ । हो यो क्षेत्रलाई राज्यले जसरी प्राथमिकता दिएको छ । यसरी नै यहि जिल्ला अर्थात त्रिदेशिय मार्गमा मझौला तथा ठुला होटलहरु खोल्नको लागी लगानि मैत्रि बाताबरण सिर्जना गर्नु प¥यो । यस्तै, राजधानि रहेको काठमाण्डौ देखि काभ्रे, सिन्धुपाल्चोक हुँदै धार्मिक तथा पर्यटकीय गन्तब्य दोलखा जाने सडक मार्गको अबस्था दयनिय छ । दोलखामा अहिले पनी दैनिक हजारौँको संख्यामा पर्यटकहरु पुग्छन् । सडक मार्गलाई ब्यबस्थित गर्ने हो भने उत्तिकै संख्यामा पर्यटकहरु दोब्बर हुन थाल्छन् । यस तर्फ पनी राज्यले ध्यान दिन जरुरी छ । महत्वाकाङिक्ष योजना बोकेको राज्यले यस्ता साना साना बिषयमा ध्यान दिन सकेन भने लक्ष माथि सफलता हात पार्न सकिन्न । भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्राउने योजनालाई जसरि मझौला तथा साना होटलहरुले काम गरेका छन् । त्यसरी नै सबै क्षेत्र यसमा जुट्नु पर्छ । अर्को कुरा भन्ने नै हो भने सडक पुर्बाधारले पर्यटकहरुलाई कक्तिको प्रभाब पार्छ भनने कुरा त हामिले पहिले बाटनै महशुस गरेका छौँ । जापान सरकारले निर्माण गरेको बिपि हाईवे हेर्नकै लागी धेरै नागरिकहरु पुग्ने गरेका छन् । काभ्रेबाट रामेछाप हुँदै सिन्धुली पुग्न सकिन्छ । यो सडकमार्गमा निर्माण हुनु अगाडी ऐतिहासिक सिन्धुली गढि किताबको पानामा सिमिति थियो । अहिले त्यस क्षेत्रमा पर्यटकीय चहलपहलहरु बृद्धि भैरहेका छन् । लगानी बढ्दो अबस्थामा छ ।
प्रदेशमा रहेका मझौला तथा साना होटलहरूका चुनौती के हुन् ?
मझौला तथा साना होटलहरूको मुख्य चुनौती भनेको कामदारको समस्या हो । दक्ष कामदार नहुनाले होटलमा आउने पाहुनाहरुलाई एकै परिकार खुवाउन पर्ने अवस्था छ । तर सिप सिकेको कामदार राख्दा उनिहरुलाई उचित तलब दिने हैसित पनि साना होटलहरुमा छैन् ।
मझौला र साना होटलले गर्दा प्रदेशका १३ जिल्लमा रहेका ठूला लगानी भएका होटलहरू ओझेलमा परेको भन्ने सुनिन्छ नि ?
हो, हामी साना तथा मझौला लगानीका होटलहरुलाई प्रमोट गर्दै छौँ । बिशेष गरि पर्यटकहरुले खोज्ने ग्रामिण परिबेष, पुराना रहनसहन, रितितिथि यि सबै मझौला लगानीका होटलहरुमा छन् । जसले गर्दा स्वत रुपमा पर्यटकहरु मझौला लगानीका होटलहरुमा आकर्षित हुन थालेका छन् । यसले गर्दा पर्यटन प्रबद्र्धन पनी बढेको छ । यो भन्दैमा ठुला लगानीका होटलहरु ओझेलमा परे भन्न मिल्दैन । ठुला लगानीका होटलहरुको उदेश्य र मझौला होटलहरुको उदेश्य फरक छन् । उदेश्यनै फरक रहे पछी एक ले अर्कोलाई प्रभाब पार्न सक्दैन । होला केहि केहि कुरामा ठुला र मझौला होटलहरुको एकै बिषयहरु होलान तिनले खासै फरक पार्देन । प्रभाबको सट्टा यसले पर्यटन प्रबद्धनमा सघाउचै पुगेको छ । जहाँ गए पनी सुबिधा युक्त र सुरक्षित बसोबास छ भन्ने सन्देश प्रबाह भएको छ । यो भनेको हाम्रो लागी सकारात्मक कुरा हो ।
प्रदेशका अझै पनि साना होटलहरु बिना दर्ता, कर नतिरी सञ्चालनमा छन् । यसलाई कसरी करको दायरामा ल्याउनुहुन्छ ?
होला केहि होटलहरु बिना दर्ता सञ्चालनमा होलान, छैन भन्न सक्दिन । तर जति पनी होटलहरु छन् । ति सबै ब्यबस्थित भैसकेका छन् । राज्य तिन तहमा पुनःसंरचित भएको छ । स्थानिय तह आफैले नियमन गरि रहेको छ । यति मात्रै नभएर सबैलाई कानुनी दायरामा ल्याउन जिल्ला संघहरुले उल्लेखनिय भूमिका खेलेको छ । अर्को कुरा कर उठाउने कुरा राज्यको हो । त्यसमा हामिले समन्वय गरिदिका छौँ । तर केहि समस्याहरु छन् । कर प्रणलिमा । जस्तो, घर भाडामा लिएर होटल सञ्चालन गर्नेहरुको लागी अहिले सहज हुन लागेको छ । किन भने घर बहालकर नियामावली २०७६ सम्मननिय राष्ट्रपसितबाट प्रमाणिकरण भैसकेको छ । यो कार्यान्वयनमा हाम्रो पहलकदमी हुने छ । जसले गर्दा ब्यबसायीहरु सुरक्षित हुने छन् । अहिले हाम्रो प्रदेशमा रहेका १३ वट जिल्ला । जिल्ला संघमा आबद्ध रहेका सबै होटलहरु दर्ता भएका छन् । र जिल्ला संघबाट प्रदेशमा आबद्धता भएका सबै दर्तावाला नै हुने भए । यसले सबै होटलहरु दर्ता हुनु पर्छ र भएका छन् पनी ।
नेपालको पर्यटन प्रवद्र्धनमा होटल तथा पर्यटन व्यवसायी संघ नेपाल प्रदेश ३ को भूमिका के हुन्छ ?
पहिलो कुरा त राज्य के बुझनु जरुरी छ भने मझौला तथा साना होटहरु सबै पर्यटन व्यवसायी हुन । पर्यटनको पहिलो खुड्किलो नै होटल हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ । आर्थिक अर्थोपार्जनको मेरुदण्डको रुपमा राज्यले पर्यटनलाई लिएको छ । अनि त्यहि पर्यटन प्रबद्धन गर्ने पहिलो खुड्कीलोलाई राज्यले केहि उपेक्षा गरेको छ । यसको बिरुद्ध हाम्रो आबाज रहेको छ । मझैला तथा साना होटलहरु पनी पर्यटन प्रबद्र्धन गर्न सक्षम छन् । तर उनिहरुलाई अबसर दिन राज्यले सकेको छैन् । राज्यले स्तरिय तथा ठुला होटलहरुको प्रतिनिधित्व गर्ने संघ÷संघठनलाई मात्रै लिएर अगाडी बढेको छ । यसले राज्यको ठुलो लक्ष्यलाई सफलता हात पार्न सकिदैन । किनभने ठुला होटलहरु सिमित छन् । त्यमाथि उपत्यका भित्र र केहि मात्रै उपत्यका बाहिर तारे तथा स्तरिय होटलहरु छन् । यि मध्ये पनी अधिकाँस हामी सँग आबद्धता रहेको छ । अहिले नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने ठुलो महत्वाकाङिक्ष योजना सारेको छ । तर त्यसको लागि जति समन्वय हुनु पर्ने, जति काम राज्यले तल्लो तह सम्म गर्नु पर्ने त्यो गर्न सकेको छैन् । तर राज्यको लक्ष्य भनेको हाम्रो पनी हो । तसर्थ राज्यले उपस्थिति जनाउन नसकेको तल्लो तहमा गएर हामिले कार्यक्रम सुरुवात गरि सकेका छौँ । नुवाकोट जिल्लाबाट भएको सुरुवातलाई हाम्रो प्रदेशको १३ वटै जिल्लामा लगिने छ ।पर्यटन प्रबद्र्धनकै लागी हामीलाई नेपाल पर्यटन वोर्डले तालिम, तथा अनुभव आदानप्रदानमा सहयोग गर्नुपर्छ । पर्यटन वोर्डले हामीलाई पर्यटन प्रवद्र्धनको जिम्मा दिए हामी सहकार्य गरी पर्यटक भित्राउन तयार छौँ ।
नेपाल पर्यटन बोर्ड संग मिलेर काम गर्ने भन्नुभएको छ, के तपाईहरुसंग सहकार्य गर्ला त ?
हाम्रो संघ अन्तर्गत अहिले ३० हजार ब्यबसायी छन् । के ति सबै एकै पटक पर्यटन प्रबद्र्धनको नारामा उत्रिएभने असंभब के होला ? ग¥यो भने जे काम पनि सम्भव छ । अहिले पर्यटन वोर्डले पर्यटक भित्राउन जुनखालको प्रचार–प्रसार गरिरहेको छ, त्यो एकलदमै परम्परागत छ । यस्ता सामान्य प्रचार पहिला पनी भएका थिए । केहि फरक आबाश्यक छ । त्यसको सुरुवात हाम्रो संघले गरेको छ । बनेपा, नुवाकोट लगायतमा भएको कार्यक्रममा स्थानिय तह, पर्यटनसँग सम्बनिधत सबै पक्षहरुलाई जोडेका छौँ । सुरुमा त पर्यटकीय क्षेत्रहरुको संभाब्यता उजागर गरि त्यसको प्रचार प्रसार गर्नु पर्छ । हामीले यो काम केही जिल्लाबाट सुरु गरि सकेका छौँ ।
राज्यले चाँहि के गरिदियो भने तपाईंहरूलाई सजिलो हुन्छ ?
पहिलो कुरो त राज्यले मझौला÷साना लगानीका स्वरोजगार मुलक होटलहरुलाई दोहोरो कर को अन्त्य गर्नु पर्छ । र होटल संञ्चालन गर्नेलाई लगानी मैत्री वातावरण सिर्जना गर्नु पर्दछ । प्रशासनले होटल व्यवसायलाई निश्चित समय तोक्नु भन्दा पनि पर्यटक आउने वातावरण मिलाई होटल चलाउन दिनु पर्छ र त्यसको लागि स्थानीय तहले सहजीकरण गर्नुपर्छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेको छ । यो निकै नै स्वागत योग्य कुरा हो । तर यसलाई होटल व्यवसायीहरूले कसरी कार्यान्वयन गराउने भन्ने विषयमा प्रष्ट नीति ल्याउनु जरुरी छ । यसका लागि सबै क्षेत्रमा रहेका होटलहरुलाई सक्षम बनाउन अनुदानको कुरा, दक्ष कामदार उत्पादन यि क्षेत्रमा राज्यले तत्कालै काम गरि हाल्नु पर्छ ।