
होटल व्यवसायी संघ बाँकेको अध्यक्षमा नि वर्तमान अध्यक्ष भिमलाल कडेंल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
संघको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा कडेंल सहित नयाँ नेतृत्व सर्वसम्मत चयन गरीएको छ ।
नव–निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष घनश्याम थापा, उपाध्यक्षमा विष्णुप्रसाद पोख्रेल, महिला उपाध्यक्षमा विष्णु शाही, महासचिवमा प्रेमबहादुर शाह, सचिवमा थुमबहादुर क्षेत्री, कोषाध्यक्षमा एकराज पाण्डेय, सह–कोषाध्यक्षमा घनश्याम शर्मा सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै सदस्यहरू अतुलकुमार गुप्ता, राजकुमार बि.क., मेघबहादुर गुरुङ, कुलबहादुर कार्की, महिला सदस्य गीता सुवेदी र कल्पना भण्डारी चयन हुनुभएको छ ।