प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर अन्तर्गत पाटा नेपाल स्टुडेन्ट च्याप्टरले रेजिना उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
आईतबार भर्चुअल कार्यक्रम गरी ग्लोबल कलेज इन्टरनेशनलमा अध्ययनरत बीएचएम छात्रा रेजिना उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा पुकार भण्डारी(क्याथ), सचिवमा अनुशा खतिवडा (मिडभ्याली), कोषाध्यक्षमा प्रकृति घिमिरे (नाथम) चयन भएका छन् ।
यस्तै सदस्यहरुमा आसुतोष आचार्य (मिडभ्याली), बिजिता शाक्य (नाथम), प्रहिमा राना (आईएसटीं), बिष्णु चौधरी (आईएसटी), जिना बस्नेत (एबीसी), प्रविण तामाङ (एबीसी), प्रिया धौबञ्जर (जिसिआई), प्रतीक रत्न तुलाधर (गेटंं), दिपेश्ना हमाल (गेटं), बिबिशा ढकाल (पिएचएस), अभिषेक भुजेल (पिएचएस), सञ्जिका रसाईली (गेटवे), सपना मसराङ्गी (गेटवे), निपेश बराल (एनसीटीटीएम), यान्जी शेर्पा (एनसीटीटीएम), पूर्ण शोभा महर्जन (क्याथ), स्वप्निल करनजीत (एलएसीएम), आकृति राज्य लक्ष्मी राउत (एलएसीएम), फैजा बानु (सिल्भर माउन्टेन) र ओजश्वी कक्षपति (सिल्भर माउन्टेन) चयनभएका छन् भने पाटा नेपालका सिईओ सुरेश सिंह बुडाललाई सल्लाहकारमा राखिएको छ ।
अध्यक्ष छनोट समितिमा पाटा नेपालका अध्यक्ष विभुति चन्द ठाकुर, कार्यकारी सदस्य अब्दुल्ला टन्सर केसिसी र बिज्ञ सदस्य दिपक राज जोशीले अध्यक्षका उम्मेद्वारहरू को मुल्याकन गर्नुभएको थियो । कार्य समितिका सदस्यहरूले भर्चुअल मतदानद्वारा अध्यक्षको चयन गरेका थिए ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटां) नेपाल च्याप्टर अन्तर्गत स्थापित पाटा नेपाल स्टुडेन्ट च्याप्टर पाटा नेपालमा आबद्ध हस्पिटालिटी तथा पर्यटन शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूको एक साझा मञ्च हो,जसले विद्यार्थीहरूलाई पर्यटन क्षेत्रसँग को निकट आबद्धता, सम्बन्ध विस्तार, ज्ञान, शिप तथा दक्षता अभिवृदि र पर्यटन क्षेत्रमा युवा पर्यटन पुस्ताको उज्वल भविष्य निर्माणमा उल्लेखनिय भूमिका खेल्दै आएको छ।
भर्चुअल कार्यक्रममा पाटा नेपालका अध्यक्ष विभुति चन्द ठाकुरले स्टुडेन्ट च्याप्टरको नयाँ कार्यसमिति सदस्यहरूलाई स्वागत तथा बधाई ज्ञापन गर्दै स्टुडेन्ट च्याप्टरले पाटा नेपालका हरेक कार्यक्रम तथा अभियानहरूमा महत्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको बताउनुभयो। साथै, युवाहरूले नेपालको झण्डा अन्तराष्ट्रिय जगतमा उच्च पार्न र पाटाको कार्यदिशा र लक्ष्यलाई पछ्याउँदै मुलुकमा दिगो पर्यटन विकासको पहललाई प्रबर्द्धनका लागि महत्वपूर्ण भूमिका निवाह गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो।
साथै, नवनिर्वचित अध्यक्ष उप्रेतीले पाटामा आबद्ध हुनु एउटा सुवर्ण अवसर भएसंगै महत्वपूर्ण जिम्मेवारी समेत थपिएको बताउदै स्टुडेन्ट च्याप्टरले राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा स्थपित अन्य स्टुडेन्ट च्याप्टरहरु तथा पाटा सम्बद्द संघसंस्थाहरु संगको सहकार्य र समन्वयमा पर्यटन पुनरुत्थान अभियान, दिगो पर्यटन प्रवर्द्धन र बिकास अभियानमा सकृय सहभागिता जनाउने बताउनुभयो।