२०७७ फाल्गुन ६, बिहीबार | २०८१ मंसिर ७ | ourtourismnews@gmail.com

पाल्पा दरबार संग्रहालयमा प्रताप शमशेर राणाको मूर्ति अनावरण

२०७७ फाल्गुन ६, बिहीबार

पाल्पा दरवार संग्रहालयमा जनरल प्रताप शमशेर राणाको शालिक अनावरण गरिएको छ । पर्यटकीय सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले बुधबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गीरीले पाल्पा दरवार संग्रहालयमा जनरल प्रताप शमशेर राणाको शालिक अनावरण गर्नु भएको छ ।

पाल्पा दरवारको निर्माण जनरल प्रताप शमशेर राणाले गरेकाले उहाँको सम्झनामा पर्यटक तथा सर्वसाधारणहरुलाई जानकारीको लागी प्रदेश सरकारले प्रताप शमशेरको शालिक निर्माण गरेको हो ।

शालिक निर्माण गरिएसंगै पाल्पा दरबार संग्रहालय क्रमिक रूपले ब्यावस्थित देखिदै गएको होमस्टे एशोसिएसन नेपाल (होसान) का उपाध्यक्ष धनिश्वर वस्यालले बताउनुभयो ।

वस्यालले काठमाडौंको भाई, पहाड़की रानी उपनामले चिनिने पाल्पा जिल्लाको ऐतिहासिक र सांस्कृतिक पक्षको संरक्षण गर्दै पूर्वाधारको क्षेत्रमा आवाश्यक सुधार गर्न सकेमा नेपालकै अतुलनीय एवं मनोरम वातावरणको हिसाबले नेपालको उत्कृष्ट तथा महत्वपूर्ण पर्यटकीय गन्तब्य बन्ने बताउनुभयो ।

हाल दरबार संग्रहालयमा लुम्विनी प्रदेशका प्रमुख धार्मिक स्थलहरुको फोटो, नेपाल अङग्रेज जितगढी युद्वका सामाग्रीहरु, मगरी तथा थारु जातिको पहिचान झल्किने सामाग्री र सैनिक सम्वन्धी ऐतिहासिक तथा पुरातत्व महत्वका जानकारीहरू राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख