कोभिड १९ का कारण गरिएको लकडाउनले घरमा बस्दा वाक्क भएर केहि दिन प्राकृतिक सौन्दर्यमा रम्ने सोचमा हुनुहुन्छ ? अथवा देशका प्रमुख पर्यटकीय गन्तव्यहरुमा घुम्ने सोच बनाउनुभएको छ भने प्रदेश २ को सिमारामा रहेको अप्सरा टुर्स एण्ड ट्राभल्सले घुम्न चाहनेहरुका लागि सस्तो प्याकेजको घोषणा गरेको छ ।
ट्राभल्सले सर्लाहीको वाग्मती नगरपालिका–४ मा निर्माण गरिएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित भरत ताल घुम्ने सस्तो प्याकेज ल्याएको छ ।
प्याकेजमा सिमारा देखि भरत ताल घुम्न प्रति व्यक्ति १५ सय तोकिएको छ । जसमा यातायात, बिहानी खाजा, बिहानी खाना (बाग्मतिको माच्छा र ढिडो सेट), भरत तालमा ढङ्गा सयर समेटिएको छ ।
ट्राभल्सले १० जनाको ग्रुपमा आउनेको लागि १ जनालाई फ्रि गरेको छ । साथै ट्राभल्सले श्रावण महिनामा बागमतीको नुनथर र सहजनाथको प्याकेज समेत थप हुने जनाएको छ ।
ट्राभल्सले स्थापना कालदेखि नै ग्राहकको सेवाका लागि सस्तो र भरपर्दा प्याकेजका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानका लागि एअर टिकट उपलब्ध गराउँदै आइरहेको छ ।
यति मात्र नभई ट्राभल्सले माउन्टेन फ्लाइट, जंगल सफारी, ट्रेकिङ, होटल बुकिङको सुविधा उपलब्ध गराउँदै आईरहेको ट्राभल्सका सञ्चालक मोहन शर्मा लामिछानेले जानकारी दिए ।