२०७८ मंसिर २२, बुधबार | २०८१ मंसिर ७ | ourtourismnews@gmail.com

महाकाली तटिय क्षेत्रको पर्यटकीय सम्भावना माथि छलफल, प्रदेशकै नमूना पर्यटकीय गन्तव्य बनाउन सुझाव

२०७८ मंसिर २२, बुधबार

महाकाली तटिय क्षेत्रलाई प्रदेशकै नमूना पर्यटकीय गन्तव्य बनाउन निजि क्षेत्रका पर्यटन व्यवसायीहरुले सुझाव दिएका छन् ।

कञ्चनपुर जिल्लाको भिमदत्त नगरमा भएको निजि क्षेत्रसंग महाकाली तटीय क्षेत्रमा पर्यटकीय सम्भावना विषयक कार्यशाला गोष्ठीमा बोल्दै निजि क्षेत्रका व्यवसायीहरुले महाकाली तटिय क्षेत्रको प्रवद्र्धन, पूर्वाधार विकास, मार्केटिङ्ग, पर्यटकीय प्याकेजको निर्माण गरी प्रदेशकै नमूना पर्यटकीय गन्तव्य बनाउन सुझाव दिएका छन् ।

मंसिर ११ र १२ गते चलेको कार्यशाला गोष्ठीमा महाकाली तटिय क्षेत्रसंग जोडिएका दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर जिल्लाका उधोग बाणिज्य संघ, यातायात व्यवसायी महासंघ, होटेल व्यवसायी महासंघ, टुर एण्ड ट्राभल एजेन्सीका प्रतिनिधि, पर्यटनकर्मि तथा तिनका प्रतिनिहरुको उपस्थितीमा रहेको थिायो ।

कार्यशाला गोष्ठीमा पर्यटन प्वद्र्धनमा निजि क्षेत्र तथा समुदाय स्तरको साझेदारीको सम्भावना तथा अवसरहरु माथि छलफल गरिएको थियो । उक्त कार्यक्रमका अधिकांस सहभागीहरुले यस क्षेत्रको पर्यटनको प्रमुख समस्याहरु पर्यटकीय गन्तव्यहरुको डिजिटल मार्केटिङ्ग नहुनु, पर्यटकीय गन्तव्यहरुको ब्राण्डिंग नहुनु, प्याकेज विकास नहुनु, पर्यटकीय गन्तव्यहरुमा भौतिक पुर्वाधार नहुनु रहेको कार्यक्रमका अधिकांस सहभागीहरुले बताए ।

उक्त कार्यक्रममा सहभागीहरुले महाकाली तटिय क्षेत्रको पर्यटकीय गन्तव्यहरुको विकास र प्रवद्र्धनका लागि निजि क्षेत्र र समुदाय संयुक्त रुपमा अगाढी बढ्ने र चार वटै जिल्लाका निजि क्षेत्रहरुको संयुक्त रुपमा अगाडी बढ्ने प्रतिवद्धता गरिएको गणेश बहादुर मगरले बताउनुभयो ।

कार्यक्रममा महाकाली नदिको तटिय क्षेत्रलाई पर्यटकीय सम्भावनाको खोजि तथा प्रवद्र्धनका लागी सरोकारवालाहरु विच आवश्यक समन्वय गर्न डडेल्धुरा जिल्ला बाट गणेश बहादुर मगर को संयोजकत्वमा एक कमीटी बनाईएको छ ।

उक्त कार्यक्रममा ग्रामिण महिला विकास तथा एकता केन्द्रका केन्द्रिय निर्देशक डा.कृष्ण कुमार श्रेष्ठ, भिमदत्त नगरपालिकाका कार्यवाहक अध्यक्ष तथा नेपाल पर्यटन पुनरउत्थान समिति का सहसंयोजक परमानन्द भण्डारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख