२०७८ फाल्गुन ३०, सोमबार | २०८१ मंसिर ६ | ourtourismnews@gmail.com

होमस्टे महासंघ बाग्मती प्रदेशको अध्यक्षमा बिनोद हुमागाई निर्बिरोध निर्वाचित

२०७८ फाल्गुन ३०, सोमबार

होमस्टे(घरबास) महासंघ नेपाल बाग्मती प्रदेशको अध्यक्षमा बिनोद हुमागाई निर्बिरोध निर्वाचित हुनुभएको छ । नगरकोट सामुदायिक होमस्टे, बास्तोला गाउँमा शनिबार भएको दोस्रो होमस्टे सम्मेलनबाट हुमागाई निर्बिरोध निर्वाचित हुनुभएको हो ।

सम्मेलनले १७ सदस्यीय प्रदेश कार्य समिती सर्वसम्मत चयन गरिएको छ । जसको उपाध्यक्षमा प्रेम भक्त महर्जन, सचीवमा माधव श्रेष्ठ, कोषाध्यक्षमा पम्फा श्रेष्ठ निर्बिरोध निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा राजाराम बास्तोला, जित बहादुर चापागाईं, बिक्रम लामा, बिमला कुमारी थापा मगर, ईश्वरमान डङ्गोल, सरस्वती मोक्तान, बसन्त तामाङ, निराजन थापा, राम कुमार अधिकारी, तारा खड्का मिश्र, मनिषा श्रेष्ठ, सजय तामाङ, कर्ण तामाङ निर्बिरोध निर्वाचित हुनुभएको छ ।

चागुनारायण नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा प्रदेशका १० जिल्लाका १७० जना प्रतिनिधि र पर्यवेक्षक सहितको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख