२०७८ चैत्र १२, शनिबार | २०८१ मंसिर ६ | ourtourismnews@gmail.com

होसानको तेस्रो राष्ट्रिय सम्मेलन आज, कस्तो आउँला नयाँ नेतृत्व ?

२०७८ चैत्र १२, शनिबार

होमस्टे (घरबास ) एसोसिएसन नेपाल होसानको तेस्रो राष्ट्रिय सम्मेलन तथा कार्यशाला गोष्ठी बाँकेको गाभर भ्याली सामुदायीक होमस्टेमा आज हुदै छ ।

देशभरका होमस्टे कर्मीहरुको सम्मेलनबाट होसान महासंघिय संरचनामा जाने र नयाँ नेतृत्व पनि आजै चुन्दै छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहाफुर के सी ( सोनाम) ले समुद्घाटन गर्ने नेपालको ग्रामिण पर्यटनको अग्रेणी संस्था होसानको उक्त सम्मेलनमा ग्रामिण पर्यटन क्षेत्रको बर्तमान समस्या र समाधान, कानुनी जटिलता तथा कार्यबिधिमा फरकपन र त्यस्ले पारेको असर, कोभिड महामारी पछिको होमस्टे पुनुरुत्थान अभियान कसरी अघि बढाउने भन्ने बिषयमा घनिभुत बहस हुने जनाईएको छ ।

कस्तो आउँला नयाँ नेतृत्व ?

होमस्टे (घरबास ) एसोसिएसन नेपाल होसानको नयाँ नेतृत्व कस्तो आउला भनि यतिबेला चर्च परिचर्चा सुरू भएको छ । यसपटकको सम्मेलनबाट होसान महासंघिय संरचनामा जाने भएकाले यसको नेतृत्व लिन धेरैजनाले इच्छा व्यक्त गरेका छन् ।

नेतृत्वका लागि हालका अध्यक्ष केशब बडाल, उपाध्यक्षहरु यदुमनी निरौला, शारदा आचार्य, शिला अमात्य, बाबुराजा महर्जन, धनिश्वर बत्स्याल र महासचिव प्रेम शंकर मर्दनिया थारुलेको नाम चर्चामा रहेको छ ।

अर्को महत्वपुर्ण पद महासचिवमा भने होसानका सचिव कृष्ण चौधरी र संस्थापक सह सचिव , हालका केन्द्रिय सदस्य राजकुमार लामिछानेको मात्रै दावी रहेको छ । यस्तै सचिवमा केन्द्रिय सदस्य चुडामणी पौडेलको मात्रै दाबी रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख