विश्वको आठौँ अग्लो हिमालको रुपमा रहेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित मनास्लु हिमाल यस वर्षको शरद ऋतुमा १ सय ६१ जना आरोहीलेआरोहण गरेका छन् ।
८, हजार १ सय ६३ मिटरको मनास्लु हिमालमा असोज र कात्तिकमा १ सय ६१ जनाले आरोहण गरेको पर्यटन विभागले जनाएकोल छ ।
विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनास्लुको चुचुरोमा पुगेका हुन् । मनास्लु आरोहणका लागि ३८ आरोही समूहका ७९ महिला र ३ सय ७ पुरुष गरी कूल ४ सय ४ ले आरोहण अनुमति लिएका थिएका थिए ।
मनास्लु हिमालमा गत असोज १० गते हिमपहिरो खस्दा एक जनाको मृत्यु भएको थियो भने केही आरोही घाइते भएका थिए ।