मुक्तिनाथ मन्दिरमा डिजिटल दानपत्र राखिएको छ । डिजिटल प्रविधिको प्रयोग गदै मन्दिर परिसरमा रहेको चन्दा वाकससैगै डिजिटल दानपत्र राखिएको छ ।
समुन्द्र सतहबाट तीन हजार सात सय १० मिटरको उचाईमा रहेको मुक्तिनाथ मन्दिर हिन्दू तथा बौद्ध समुदायमको एकदमै प्रख्यात तीर्थस्थल मुक्तिनाथ हो ।
यहाँ हिन्दूहरूका लागि भगवान विष्णुका १०८ दिव्योपदेशहरुमध्ये १ मुक्तिनारायण मन्दिर तथा बौद्ध धर्मावलम्बीहरूको लागि २४ तान्त्रिक ठाउँहरूमध्येको १ झ्युमिग–ग्यात्शा दुवै एकैठाउँमा रहेका छन् ।
मुक्तिनाथ मन्दिर नीलगिरि हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको काखमा रहेको छ ।