२०७९ माघ ४, बुधबार | २०८१ मंसिर ८ | ourtourismnews@gmail.com

विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा धम्बोझीचोकमा दीप प्रज्वलन

२०७९ माघ ४, बुधबार

आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा पर्यटनसँग सम्बन्धित संघ संस्थाको आयोजनामा बाँकेको धम्बोझीचोकमा दीप प्रज्वलन गरिएको छ ।

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस्ना(नाट्टा) बाँके च्याप्टरको आयोजनामा पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको सहभागितामा बुधबार साझ धम्बोझीचोकमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली तथा शोकसभा गरेका हुन् ।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पर्यटनको क्षेत्रको सुरक्षित र भरपर्दो आधार उड्डयन भएको र विमान दुर्घटना पश्चात मान्छेहरुले तत्काल जहाज चढ्न डराएको अवस्था रहेको बताए । एयरपोर्ट सुनसान छन् विमान कम्पनिले दैनिक उडान घटाएका छन् यसको प्रभाव कहिले सम्म पर्ने हो हामीले कसरी थेक्ने हो भन्ने तर्फ लागेका छौँ उनले भने ।

शोकसभामा बुद्ध एयरका स्टेशन म्यानेजर विनित शाहले भारतीय र आन्तरिक पर्यटक नहुँदा यात्रुहरुको चाप ५० प्रतिशतले घटेको बताए । उनले बुद्ध एयरको नेपालगञ्ज पोखरा उडानमा हप्तामा सात दिन बाट तिन दिनमा झरेको र नेपालगञ्ज काठमाडौँ उडानमा पनि दैनिक पाँच बाट चार उडानमा झरेको बताए ।

यस्तै समिट एयरका स्टेशन म्यानेजर दिपक शाहले विमान दुर्घटनाको असर कर्णालीमा उडान भर्ने एयरलाइन्समा पनि परेको बताए । उनले दैनिक उडानमा कटौति नभए पनि यात्रु संख्या घटेको बताए ।

बाँकेका होटलहरुमा पनि विमान दुर्घटनाको असर परेको होटल व्यवसायीहरुले बताए । उनिहरुले भारतीय पर्यटक नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरुमा जान नेपालगञ्जका होटलमा एक रात विताउने गरे पनि अहिले ति पर्यटकहरु होटलमा नभएको बताए ।

आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२–५०० कल साइन भएको विमान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख