चालु आर्थिक वर्ष २०७९\०८० को पुस मसान्तसम्म कर्णाली प्रदेश सरकारले निराशाजनक वित्तीय प्रगती गरेको छ ।
पुस मसान्तसम्म प्रदेश सरकारले कुल वजेटको ४ अर्ब २५ करोड ४१ लाख ५५ हजार १ सय ३३ अर्थात १३.०४ प्रतिशत बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ ।
कोषका अनुसार वार्षिक १९ अर्व ४५ करोड १९ लाख वार्षिक विकास वजेट रहेकोमा पुस मसान्तसम्म १ अर्ब ७६ करोड ६२ लाख १२ हजार ६८८ रुपैयाँ मात्रै बजेट खर्च भएको छ । जुन पुष महिनामा ३ दशमलव २४ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।
सरकारको मन्त्रालयगत खर्च पनि निराशाजक देखिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसंग वार्षिक विकास बजेट १ अर्ब २० करोड भन्दा बढी रहेकोमा मन्त्रालयले २.७७ प्रतिशत बजेट मात्रै खर्च गरेको छ ।