२०७९ चैत्र ५, आईतवार | २०८१ मंसिर ८ | ourtourismnews@gmail.com

रारामा बढ्यो पर्यटकीय चहलपहल, देखिन थाले विदेशी पर्यटक

२०७९ चैत्र ५, आईतवार

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा आन्तरिक तथा वाह्य पर्यटकहरूको चहलपहल देखिन थालेको छ ।

कोरोना भाइरस संक्रमण जोखिमका कारण सुस्ताएको राराको पर्यटन क्षेत्र पर्यटकको चहलपहलसंगै पूर्ववत् अवस्थामा फर्कने अनुमान गरिएको छ ।

रारा राष्ट्रिय निकुञ्जका अनुसार पछिल्लो समय रारामा ११ जना इटालीयन नागरिक र आन्तरिक पर्यटक रारा घुम्न आएको तथ्याङ्कमा उल्लेख    छ ।
रारामा पर्यटकको चहलपहल बढेसंगै व्यवसायीहरू पनि उत्साहित भएका छन् । रारा भ्रमण गर्ने उपयुक्त समय भनेको सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिना सम्म हो ।

प्रतिक्रिया

सम्बन्धित ख