विदेश घुम्न जाँदा पाँच प्रतिशत वैदेशिक पर्यटन शुल्क लाग्ने भएकाे छ ।
आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरे पछि अब विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले पाँच प्रतिशत वैदेशिक पर्यटन शुल्क तिर्नुपर्नेभएकाे हाे ।
आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो ।
वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले शुल्क लगानी असुल गर्नुपर्नेछ, कार्यविधिमा भनिएको छ, ‘फर्म वा कम्पनीले व्यवसाय प्रवर्द्धनका सिलसिलामा आफुसम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च रकममा लेखांकनका बखत पाँच प्रतिशतका दरले शुल्क असुल गर्नुपर्नेछ ।’
यस्ताे छ कार्यविधि https://ird.gov.np/public/pdf/820063064.pdf