चौमासिक रुपमा भ्याट विवरण बुझाउँदै आएका उद्योगको सुविधा खारेज भएको आन्तरिक राजस्व विभागले जनाएको छ।
विभागले सुविधा खारेज गरिदिपछि अब ईटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले चालु वर्षको साउनदेखि नै मासिक भ्याट विवरण बुझाउनुपर्ने भएको छ। यस्ता उद्योगले यसअघि चार महिनामा विवरण बुझाउने सुविधा पाएका थिए।
यस्तै विभागले वार्षिक एक करोड रुपैयाँसम्मको मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गर्ने करदाताले चार चार महिनामा विवरण पेश गर्न पाउने जनाएको छ ।