विश्व पर्यटन दिवसका अवसरमा बाराको सिमरा विमानस्थलमा पर्यटकलाई स्वागत गरिइएको छ।
४४ ओैं विश्व पर्यटन दिवसको अवसरमा सिमरा विमानस्थलमा आज बिहान काठमाडौँबाट बुद्धएयरको पहिलो उडानबाट सिमरा आएका यात्रुहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।
विमानस्थलमा पर्यटकलाई स्वागत गर्न जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)मधेश प्रदेशका अध्यक्ष मोहन शर्मा, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्साल, सिमरा बिमानस्थल प्रमुख, लगाएतका प्रतिनिधिहरुको सहभागिता थियो।