२०८० माघ १०, बुधबार | २०८१ मंसिर १८ | ourtourismnews@gmail.com

नेपालगञ्जका मेयर प्रशान्त विष्टको विकास : भ्रमणका नाममा ५५ लाख बढि स्वाह !

२०८० माघ १०, बुधबार

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले भ्रमणका नाममा अनुत्पादक क्षेत्रमा सरकारी खर्च गरेको पाईएको छ ।

उपमहानगरपालिकाले भ्रमणका नाममा गत आर्थिक वर्ष मा मात्रै कुल ५५ लाख बढि खर्च गरेको छ ।

स्रोतका अनुसार उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७९ \0८० मा भ्रमणका नाममा ५५ लाख ५३ हजार २ सय ६५ रूपौयाँ खर्च गरेको  छ ।

उपमहानगरले भ्रमणका लागि तीन शिर्षक उल्लेख गरेको छ। तीन शिर्षकमा भ्रमण खर्च हालेको उपमहानगरले कुनै पनि शिर्षकको भ्रमणको उद्देश्य भने नखुलाएको स्रोतले जनाएको छ ।

पहिलो शिर्षक ‘भ्रमण खर्च’ उल्लेख गरेको उपमहानगरले यो शिर्षकको भ्रमण खर्च ५० लाख ७९ हजार २ सय ६५ रुपैयाँ खर्च गरेको उल्लेख छ ।

यस्तै दोस्रो शिर्षकमा विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्चमा ३ लाख ७५ हजार उल्लेख छ ।

पहिलो शिर्षक भ्रमण खर्च, अनि दोस्रो शिर्षक विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण भनेर खर्च छुट्याएको उपमहानगरले अर्को शिर्षक फेरि ‘अन्य भ्रमण खर्च’ भनेरै थप बजेट खर्च गरेको छ । उसले यो अर्को शिर्षकको भ्रमण खर्चमा ९९ हजार खर्च गरेको छ । साभार खबरनेपालगञ्ज ।

प्रतिक्रिया

सम्बन्धित ख