बाँके । पश्चिम नेपालको पर्यटन प्रवर्द्धनमा साईक्लिंग चेन मार्फत आफूलाई चिरपरिचित ठान्ने नेपालगञ्ज साईक्लिंग क्लवल पछिल्लो समय मागिखाने भाडो बन्दै गएको छ ।
क्लवले हरेक वर्ष टुर डे ठाकुरद्वारा नाम दिदै पर्यटन प्रवर्द्धनका नाममा बाँके र बर्दियाका विभिन्न संघ संस्था र स्थानीय तहका पालिकाहरुबाट पैसा माग्ने गरेको पाईएको छ ।
क्लवले बुधबार नेपालगञ्जको स्वस्तिक कटेजमा पत्रकार सम्मेलन गदै छैठौँ संस्करणको तयारी पूरा भएको जनाएको छ । तर क्लवले छैठौँ संस्करण सम्म आईपुग्दा समेत पाँचौै संस्करण सम्मको आयव्य भने सर्वजनिक गरेको छैन् । टुर डे ठाकुरद्वारा निरन्तर घाटामा गएको भन्दै क्लवका अध्यक्ष प्रदिप सापकोटाले घाटामा गएकाले आयव्य सार्वजनिक नगरिएको बताए ।
क्लवले हरेक वर्ष टुर डे ठाकुरद्वाराका लागि विदेशी र नेपाली गरी करिव ३ सय जना सहभागी भएको दावी गदै आएको छ । सहभागीबाट क्लवले रजिष्टे्शन शूल्क, बाँके र बर्दियाका पालिकाहरु तथा अन्य प्रायोजकहरुबाट पैसा उठाएर कार्यक्रम संञ्चालन गदै आएको भएपनि कति आम्दानी भयो ? कति खर्च भयो ? त्यसको कुनै हिसावकिताव सार्वजनिक गरेको छैन् ।
पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष सापकोटाले नेपालगञ्ज साईक्लिंग क्लवले बाँके र बर्दियाका पर्यटकीय क्षेत्रका बारेमा प्रचार प्रसार मार्फत पर्यटक आगमनको वातावरण बनाएको भए पनि यसलाई बाँके र बर्दियाका होटल व्यवसायीहरुले साथ नदिएको बताए ।
नाम उल्लेख नगर्ने शर्तमा एक जनाले भने साईक्लिंगको माध्यमबाट बाँके र बर्दियाको पर्यटन प्रवर्द्धनमा आफुहरूले मात्रै काम गरेको दाबि गर्ने नेपालगञ्ज साईक्लिंग क्लवले विभिन्न व्यक्ति, संघ संस्था र स्थानीय तहका पालिकाबाट हरेक वर्ष पर्यटन प्रवर्द्धनका नाममा पैसा उठाइ आफुलाई घुम्न मन लागेको ठाउँमा गइ बजेट ढुस परिरहेका बताए ।