गण्डकी प्रदेश सरकारले मुस्ताङकाे काेरला नाका हुँदै प्रसिद्ध धार्मिक स्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन चीन सरकारसँग पहल भएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्राज पाण्डेले बताउनुभएको छ ।
आइतबार बागलुङको पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा बाेल्दै कालीगण्डकी कोरिडोर हुँदै मुक्तिनाथ र दामोदरकुण्ड दर्शनका लागि पुगेका धार्मिक पर्यटकलाई कोरला नाका हुँदै कैलाश मानसरोवर पुग्ने वातावरण मिलाउन प्रदेश सरकारले आवश्यक पहल थालेको मुख्यमन्त्री पाण्डेले बताउनुभयाे ।
मुख्यमन्त्री पाण्डेले कालीगण्डकी कोरिडोरहुँदै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ र दमोदर कुण्ड दर्शनकालागि पुगेका पर्यटकलाई कोरला नाका हुँदै कैलाश मानसरोवर पुग्ने वातावरण मिलाउन प्रदेश सरकारले तिब्बत र चीन सर कार सँग आवश्यक कुराकानी गरिरहेको बताउनुभयो । कोरला नाकाबाट छोटो समय र सजिलै कैलाश मानसरोवर पुग्न सकिने भएकाले प्रदेश सरकारले यसबारे प्राथमिकतामा राखेर पहल गरेको उहाँको भनाइ छ ।