२०८० फाल्गुन २१, सोमबार | २०८१ मंसिर ६ | ourtourismnews@gmail.com

आफ्नै कामदारलाई करणी गरेको आरोपमा होटल सञ्चालक पक्राउ

२०८० फाल्गुन २१, सोमबार

आफ्नै कामदारलाई करणी गरेको आरोपमा गोरखाका एक होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका – ११ को बाहैकिलोमा होटेल व्यवसायी ईश्वर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले बताए ।

अधिकारीका अनुसार फागुन १५ गते बिहान साढे ११ बजेको समयमा वर्ष ४१ का ईश्वर बस्नेतले आफ्नै होटेलमा काम गर्ने नाम परिवर्तित घ कुमारी युवतीलाई होटेलमा कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको युवतीको जाहेरी दरखास्तको आरोपमा आरोपी ईश्वर बस्नेतलाई आज आइतबार पक्राउ गरिएको हो ।

पक्राउ परे लगत्तै आरोपीविरुद्ध जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख