कास्कीको पोखरालाई औपचारिकरूपमै आज (आईतबार) नेपालको पर्यटकीय राजधानी घोषणा गरिदै छ ।
लामो समयदेखि पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि आईतबारदेखि भने राजधानी घोषणा हुने छ ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त आयोजनामा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने छन् ।
पोखरालाई पर्यटन राजधानी घोषणा गर्ने दिन बृहत् झाँकीसहितको र्यालीसमेत निकालिने भएको छ ।
यसअघि पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारीस्वरुप प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा समिति गठन गरिएको थियो ।