उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ती सिफारिश प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार न्याधीश सुर्दशनराज पाण्डेको इजालासले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका विपक्षीहरुलाई बोर्डको सीइओ छनौट प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको हो ।
बोर्डको सीइओ छनौट प्रक्रिया गैरकानुनी भएको भन्दै बोर्डका ११ जना कर्मचारी उच्च अदालत पाटन पुगेका थिए ।