२०८१ बैशाख २३, आईतवार | २०८१ मंसिर ८ | ourtourismnews@gmail.com

वसन्त ऋतुको सगरमाथा आरोहण एक साताभित्र सुरु हुने

२०८१ बैशाख २३, आईतवार

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण एक साताभित्रै सुरु हुने भएको छ ।

पर्यटन विभागका अनुसार आधार शिविरदेखि चौथो शिविरसम्मको बाटो तयार भइसकेको छ । आरोहणका लागि डोरी टाँग्ने काममा खटिएका दक्ष कामदार (आइसफल डाक्टर) को टोली चौथो शिविरसम्म बाटो बनाएर आधार शिविर फर्किसकेको विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङले बताउनुभयाे ।

अहिले आरोही आधार शिविरबाट पहिलो र दोस्रो शिविरसम्मको अभ्यासमा रहेकाले मौसमले साथ दिए एक साताभित्र आरोहण सुरु हुने छ ।” उहाँले यस वर्ष सगरमाथा आरोहणका लागि मात्रै हालसम्मकै ३९० जनाले आरोहण अनुमति लिइसकेको बताउनुभयो । सगरमाथा आरोहण गर्न ३७ समूहका ३२० पुरुष र ७० जना महिलाले अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । त्यसैले यो ऋतुमा सगरमाथा आरोहण गर्न चाहने आरोहीको सङ्ख्या बढी हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख