खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन सुरक्षाका लागि फलामबाट निर्माण गरिएको साइन पोल राख्न सुरुवात गरेको छ ।
हिमपातको समयमा बाटो हिउँले पुरिएर सगरमाथा क्षेत्रमा पर्यटन हराउने क्रम बढेकाले चोलापास हुँदै सगरमाथासम्मको बाटो स्पष्ट देखिने गरी साइन पोल राख्न सुरुवात गरेको गाउँपालिकाले जनाएको छ ।
युएनडिपीको आर्थिक सहयोगमा नेपाल पर्यटन बोर्ड, जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपि) मार्फत बजेट प्राप्त भई गाउँपालिकाको प्राविधिक सहयोगमा साइन पोल निर्माण गरिएको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ ।
एक ठाउँमा राखिएको पोल अर्को ठाउँसम्म देखिने गरी हालसम्म ६० वटा पोल राखिएको वडा अध्यक्ष अधिकारीको भनाई छ ।