२०८१ असार २६, बुधबार | २०८१ मंसिर ६ | ourtourismnews@gmail.com

चोरीका मोटरसाइकल धमाधम छोप्दै कोहलपुरका डिएसपी

२०८१ असार २६, बुधबार

बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरले चोरी निकासी गरि ल्याइएका र अवैध रुपमा चलाएका मोटरसाइकलहरू बरामद गरी राजस्व अनुशन्धान कार्यालयलाई बुझाएको छ । कोहलपुरका डिएसपी धर्मराज भण्डारीको सक्रियताले भारतबाट अवैधानिक रुपमा मोटरसाइकल नेपाल ल्याएई अर्कैको नामामा दर्ता भएको नम्बर प्लेट प्रयोग गरी चलाएका  मोटरसाइकलहरू बरामद गरी राजस्व अनुशन्धान कार्यालयलाई बुझाएका छन् ।

प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको सक्रियताले चोरीको मोटरसाइकलहरु बरामद गरे पछि चोरीको मोटरसाइकलहरूधेरै लामोसयदखि प्रयोग गरेको तथ्य फेला परेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरले विभिन्न समयमा चोरीका मोटरसाइकलहरु बरामद गरी दर्ता तथा प्रमाण्पत्र नभएकालाई राजस्व अनुशन्धान कार्यालयलाई बुझाएको डिएसपि भण्डारीले बताए । उनले केहि मोटरसाइकलहरुको तथ्य चाँचका लागि सम्वन्धित यातायत कार्यालयलाई पत्र पठाएको बताए ।

पछिल्लो समय चोरी भएर पक्राउ परेका अधिकांश मोटरसाइकलहरू बजाज कम्पनीको पल्सर र हिरो होण्डा कम्पनीका रहेका छन् । विशेष गरी चोरी गर्ने समुहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ ।

चोरीका सवारी साधन समात्दा व्यक्तिलाई पनि समात्नु पर्ने मा प्रहरीले मोटरसाइकललाई मात्रै समातेको देखिन्छ । प्रहरीले अनुसन्धानको क्रममा चोरीको सवारी साधन चालाउने व्यक्तिलाई हिरासतमा राखि अनुसन्धान गर्ने तथा पुष्टि पश्चात कार्वाहिको लागि सवारी साधन राजस्व अनुसन्धानमा बुझाउर्ने गर्दछ र चालकलाई सवारी साधनको दोब्बर मूल्याङ्कनको धरौटि तिराई छाड्ने गर्दछ ।

यस अघिको शिर्षकमा प्रहरी भन्ने शब्द जोडिएकोले क्ष्यमा याचना माग्दै परिवर्तन गरेका छौँ ।

प्रतिक्रिया

सम्बन्धित ख