| २०८३ कार्तिक २२ | [email protected]

दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै सुर्खेतमा होटल व्यवसायीसँग छलफल

२०८३ कार्तिक २१, शनिबार

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ लाई लक्षित गर्दै खेलाडी, प्रशिक्षक, निर्णायक तथा खेलकुदसँग सम्बन्धित पाहुनाहरूको आवास, खानपान र आतिथ्य व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले आज सुर्खेतमा होटल व्यवसायीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

खेलकुद विकास समितिका उपाअध्यक्ष तथा आवास ब्यावस्थापनका संयाेजक प्रमाेद हमाल हाेटल ब्यावसायी संघका अध्यक्ष प्रतिमा वली,हाेटल ब्यावसायी संघका पुर्ब अध्यक्ष ऐन बहादुर शाही टुरिजम न्युजका प्रदेश प्रमुख दिपक जैसी स्प्रिङ ओनियनका मेनेजर निराजन पाैडेल स्टे हाेटल भ्यालि भ्युका म्यनेजर हिमाल बिष्नु शाही लगाएत सुर्खेत जिल्लामा सञ्चालित होटलका सञ्चालक, प्रबन्ध निर्देशक, तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर सुर्खेत आउने खेलाडी तथा पाहुनाहरूलाई गुणस्तरीय सेवा कसरी प्रदान गर्ने, होटल व्यवस्थापनलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने तथा आवास, खानपान, सरसफाइ, सुरक्षा र आतिथ्य सेवामा अपनाउनुपर्ने सावधानीका विषयमा छलफल गरिएको थियो।

खेलाडीहरूको शारीरिक अवस्था र आवश्यकतालाई ध्यानमा राख्दै पौष्टिक तथा स्वच्छ खानपान, सफा र सुरक्षित आवास, समयमै सेवा, अनुशासित कर्मचारी व्यवहार र समन्वयात्मक व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने विषयमा जोड दिइएको थियो।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका लागि खेलकुदसँगै पर्यटन तथा आतिथ्य क्षेत्रको पहिचान स्थापित गर्ने महत्वपूर्ण अवसरसमेत भएकाले होटल व्यवसायी, खेलकुद निकाय र सरोकारवाला सबैबीच सहकार्य र समन्वय आवश्यक रहेको सहभागीहरूको धारणा थियो।

प्रतियोगितालाई सफल बनाउन होटल व्यवसायीहरूले आफ्नो सेवा, क्षमता र व्यवस्थापनलाई समयमै तयारी अवस्थामा राख्नुपर्ने। यसले सुर्खेतको आतिथ्य संस्कार र कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा समेत गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर