२०७८ असार १८, शुक्रबार | २०८१ मंसिर ६ | ourtourismnews@gmail.com

खप्तड राष्ट्रिय निकुञ्ज : पर्यटकका लागि आकर्षक गन्तव्य

२०७८ असार १८, शुक्रबार

खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालमा अवस्थित छ । सुुदुरपश्चिम प्रदेशको ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा खप्तड राष्ट्रिय निकुञ्ज रहेको छ। खप्तड राष्ट्रिय निकुन्ज सन् १९८४ सालमा स्थापना भएको हो । यो निकुञ्ज २२५ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गदर्छ । यस निकुन्जमा सल्ला, खसुर र निगालाके जगंलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन् । यहाँ पाइने वन्यजन्तुमा रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुर बाँदरका साथै डाँफे, मुनाल जस्ता सुन्दर चराचुरुङ्गीहरूरहेका छन् ।

पर्यटकका लागि आकर्षक

खप्तड राष्ट्रिय निकुञ्जको मुख्य आकर्षक हो समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको १२ हजार फिट अग्लो खप्तड लेक। यस खप्तड क्षेत्र भित्र त्रीवेणी धाम, सहस्र लिङ्ग,बाबा आश्रम , बाबा कुटी, घोडा दाउन पाटन, खरतड दह, डाँफेकोट,गणेश पाटन, नागढुङ्गा, छित्रेपानी आदी पर्यटकका लागि आकर्षक गन्तव्यहरु हुन । यसका अलवा यस क्षेत्रमा २२ वटा ठूला पाटनहरु र ५२ वटा झोताहरु (रुखका थुम्काहरु)ले सबैको मन आकर्षित गर्दछ । प्राकृतिक धार्मिक र साँस्कृतिक विविधताले भरिएको खप्तड क्षेत्रमा गंगा दशहरा मेला र जनै पूर्णिमामा लाग्ने खप्तड जात्रा प्रसिद्ध रहेको    छ । यहाँको मौसम सामान्यतया चिसो हुने गर्दछ त्यसैले यस क्षेत्रमा भ्रमण गर्दा चैत्र देखि अषाढ मसान्त निकै राम्रो मानिन्छ ।

कसरी पुग्ने खप्तड ?

खप्तड पुग्न कैलाली जिल्लाको अतरियाबाट महाकाली राजमार्ग र सेती राजमार्ग भएर जाँदा ६, ७ घण्टा मा डोटी जिल्लाको सदरमुकाम सिलगढी पुग्न सकिन्छ । सिलगढी बाट दुई पिपल, झिग्राना सम्म गाडिमा पुग्न सकिन्छ र झिग्रानाबाट गोरेटो बाटो पैदल हिड्दै खप्तड क्षेत्र पुगिन्छ ।

अर्को बाटोको रुपमा बझाङ्गको सदरमुकाम चैनपुरबाट तमैल बजारसम्म गाडिमा र तमैलबाट जिपमा बालुखेती पुगिन्छ र त्यहाँबाट छाङना लोहखडा हुँदै करीव ७ घण्टाको पैडल यात्रा पछि खप्तड क्षेत्र पुगिन्छ ।तस्विर – सुशील श्रेषठ

प्रतिक्रिया

सम्बन्धित ख