२०७९ असार २०, सोमबार | २०८१ मंसिर ९ | ourtourismnews@gmail.com

प्रदेश १ मा आन्तरिक पर्यटक, औसत भ्रमण २.५ दिन

२०७९ असार २०, सोमबार

प्रदेश १ मा आन्तरिक पर्यटकको औसत भ्रमण अवधि २.५ दिन रहेको देखिएको छ । धार्मिक पर्यटकको स्थिति, सम्भावना तथा चुनौतीका सम्बन्धमा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले गरेको अध्ययन प्रतिवेदनअनुसार उक्त प्रदेशमा आन्तरिक पर्यटकले औसतमा २.५ दिन भ्रमण गर्ने गरेका छन् ।

छनोटमा परेका स्थानका आधारमा पाथीभरा भ्रमण गर्ने पर्यटकको भ्रमण अवधि ४ दिन रहेको छ भने बराहक्षेत्र भ्रमण गर्ने पर्यटकको भ्रमण अवधि सबैभन्दा कम १ दिन रहेको छ । बराहक्षेत्र सडक यातायातको हलेसी सहज पहुँच रहेको, सुगम इलाकामा अवस्थित भएको तथा अधिकांश पर्यटक प्रदेश नं. १ मा रहेका जिल्लाबाट आउने गरेकोले भ्रमण अवधि कम रहेको देखिएको छ । तर ठूलो पाथीभरासम्म नै यातायातको पहुँच नपुगेकोले पैदल यात्रा समेत गर्नुपर्ने भएकोले २ दिन भन्दा बढ़ी पाटी अवधि पर्ने हुँदा भ्रमण अवधि अन्य स्थानको तुलनामा बढी देखिएको हो । भ्रमण अवधिका आधारमा पाटीमा लाग्ने समयबाहेक पर्यटकले धार्मिकस्थलमा अधिकतम १ दिन बिताउने गरेको देखिएको छ ।

सर्वेक्षणमा सहभागी भएका अधिकांश आन्तरिक पर्यटकले प्रदेश नं. १ का धार्मिकस्थल एकभन्दा बढी पटक भ्रमण गर्ने गरेको पाइएको छ । सर्वेक्षणमा सहभागी भएका आन्तरिक पर्यटकमध्ये ५२.५ प्रतिशतले १ पटक, १७.५ प्रतिशतले २ पटक र ३०.० प्रतिशतले २ पटक भन्दा बढी धार्मिकस्थलको भ्रमण गरेको पाइएको छ । यसक्रमा न्यूनतम १ पटकदेखि अधिकतम ७ पटकसम्म भ्रमण गर्ने गरेको पाइएको छ । एउटा आन्तरिक पर्यटकले छनोटमा परेका धार्मिकस्थलमध्ये सानो पाथीभरा तथा बराहक्षेत्रको औसतमा ३ पटकसम्म भ्रमण गरेको पाइएको छ भन्ने ठूलो पाथीभरा र हलेसी महादेवस्थानको २ पटकसम्म भ्रमण गरेको पाइएको छ ।

बराहक्षेत्र यातायातको पहुचका दृष्टिकोणले सुगम रहेकोले धार्मिक पर्यटकले बढी भ्रमण गर्ने गरेको पाइएको छ भने इलामको चियाबारी, सूर्योदयको दृष्यावलोकन तथा अन्य पर्यटकीयस्थलको भ्रमण समेत गर्न सकिने भएकाले सानो पाथीभरामा दोहो¥याएर जाने पर्यटकको संख्या बढी रहेको पाइएको छ । सर्वेक्षणमा सहभागी भएका २० प्रतिशत आन्तरिक पर्यटकले भविष्यमा पनि उक्त धार्मिकस्थलमा भ्रमण गर्ने योजना बनाएको देखिएको छ भने १२.५ प्रतिशतले सर्वेक्षण गरिएको स्थान बाहेकका अन्य स्थानको पनि भ्रमण गर्ने योजना बनाएको पाइएको छ । पर्यटक औसत खर्च रु.११,८०० देखिएको छ भने अघिल्लो पटक यस्तो खर्च प्रति पर्यटक रु. ८,२१७ देखिएको छ । यस अवधिमा भ्रमण अवधि भने केवल ०.५ दिनले मात्र वृद्धि भएको देखिएको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएसँगै सडक सञ्जालको तीव्र रूपमा भएको विकास, विस्तार तथा स्तरोन्नतिने सार्वजनिक तथा निजी यातायातका साधनको पहुँच विस्तार भएसँगै पर्यटकको खर्च बढेको तुलनामा भ्रमण अवधि भने बढ्न सकेको पाइएन । स्थान विशेषका आधारमा बराहक्षेत्र तथा सानो पाथीभराको भ्रमणमा जाने पर्यटकको भ्रमण खर्चमा वृद्धि भएको देखिएको छ । उक्त स्थानको भ्रमणमा जाने पर्यटकहरूले सार्वजनिक यातायातको तुलनामा निजी तथा रिजर्भका सवारी साधनको बढी प्रयोग गर्ने भएकाले भ्रमण खर्चमा वृद्धि भएको देखिएको हो । त्यसैगरी, विगत पाँच वर्षको अवधिमा ताप्लेजुङ पाथीभरा भ्रमणमा जाने आन्तरिक पर्यटकको भ्रमण प्रवृत्तिमा ठूलो भिन्नता नआएका कारण कुल भ्रमण अघिल्लो पटकको तुलनामा १२.७ प्रतिशतमात्र वृद्धि भएको देखिन्छ । सर्वेक्षणमा सहभागी विगत पाँच वर्षमा एक पटक भन्दा बढी धार्मिकस्थलको भ्रमण गरेका पर्यटकहरूको भ्रमण खर्च ४३.६ प्रतिशतले वृद्धि भएको देखिएको छ । सर्वेक्षणमा सहभागी भएका आन्तरिक पर्यटकको कुल भ्रमण खर्चमध्ये यातायातमा सबैभन्दा बढी ४३.३ प्रतिशत खर्च भएको देखिएको छ भने होटलमा खान तथा पूजा तथा उपहार सामग्री खरिदका लागि ३५.९ प्रतिशत १०.६ प्रतिशत खर्च भएको देखिएको छ ।

स्थान प्रतिपर्यटक भ्रमण अवधि (दिन)
बराहक्षेत्र १
हलेसी ३
सानो पाथीभरा २
ठूलो पाथीभरा ४
औसत २.५

आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित ख