२०७७ पुष २४, शुक्रबार | २०८१ फाल्गुन ४ | [email protected]

धार्मिक पर्यटनको खानी : प्रदेश दुई

२०७७ पुष २४, शुक्रबार

नेपालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको प्रदेश नं. २ लाई एक विशिष्ट पर्यटकीय स्थल र गन्तव्यका रुपमा विकास गर्ने अवस्था मौजुद रहेको छ । आठ वटा जिल्लाहरु मिलेर बनेको यस प्रदेशको अक्षांश र देशान्तरमा लगभग एकरुपता छ । यो प्रदेश समृद्र सतहदेखि ६०.९ देखि ६०७.९५ मिटर उंचाईसम्म रहेको छ ।

नेपालको सवभन्दा होचो स्थान मुसहरनिया धनुषाको दक्षिण भेगमा रहेको छ भन्ने सीमांकनको आधारमा पूर्वमा कोशी अञ्चलको सुनसरी, मोरङ, उत्तरमा उदयपुर, सिन्धुली र मकवानपुर, पश्चिममा मकवानपुर र दक्षिणमा भारत विहार रहेका छन । यस प्रदेशका पर्यटकीय तथा ऐतिहासिक, धार्मिक स्थलहरुमा जानकी मन्दिर, राम मन्दिर, दुलहा–दुलहीन मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर, संकटमोचन, गंगासागर, धनुष सागर, बिहारकुण्ड, रत्नसागर, रंगभूमि मैदान, धनुषाधाम, क्षिरेश्वरनाथ, विवाहपंचमी, रामनवमी, जानकी नवमी, परिक्रमा, छठपर्व, भूतमेला, जनकपुर कला, जलेश्वरनाथ महादेव, वानेश्वरनाथ महादेव, कारिख बाबा, कञ्चनवन, ध्रुवकुण्ड, गिरिजास्थान, माईस्थान, मटिहानी, टुटेश्वरनाथ, रौजा मजार, सागरनाथ, मूर्तियाबाबाधाम, राजवरहैया, हरिहर महादेव, बाल्मिकी आश्रम, चतुर्भूज महादेव, सलहेश फुलबारी, वाला सुन्दरीभगवती, सारश्वरनाथ महादेव, नन्दबाबा मन्दिर, दशै, हनुमाननगर, छिन्नमस्ता, मानराजा, चन्द्रमामा भगवती, राजा बनौली, शम्भुनाथ मन्दिर, लक्ष्मीनारायण मन्दिर, कंकालिनी मन्दिर, बौद्धस्तुप, सिम्रौनगढ, गढीमाई, ठोरीको वन–जंगल आदि रहेका छन ।

यस्ता छन् २ नम्बर प्रदेशका पर्यटकीय तथा धार्मिक स्थलहरु

पर्सा 

पर्यटकी हिसाबले यस जिल्लामा पर्सा राष्ट्रिय निकुञ्ज रहेको छ । जसमा ३३३ प्रजातिका चराहरु पाइन्छन भने जंगली जनावरहरुको संख्या उल्लेख्य रहेका छ । हात्तीबाट जंगल सफारीसमेत गर्ने व्यवस्था रहेको छ । बौद्ध धर्माम्बलम्बी राजा अशोकले बनाएको स्थल भिश्वाचौक रहेको छ । यसका अतिरिक्त घरिहर्वा पोखरी, विन्द्यवासिनी मन्दिर, दिव्येश्वर महादेव र विद्यापति चौक पर्यटकीय क्षेत्र हुन ।

बारा 

यस जिल्लाका बरियारपुर, गढीमाई, चिडियामाई, रतनपुर जंगल, विन्द्यवासिनी मन्दिरआदि प्रमुख पर्यटकीय स्थल हुन ।

रौतहट 

धार्मिक पर्यटनको पर्याप्त सम्भावना रहेको यस जिल्लामा शिवनगर मन्दिर, बडेवाताल, भरथर ताल, राजदेवी मन्दिर आदि रहेका छन् । यसका अलवा दशैको अवसरमा राजदेवी मन्दिर रौतहटबाट डोली उठाएर यात्रा थाली सिर्मौनगढ हुँदै वीरगंजसम्म तीन दिनको यात्रा हुने गर्दछ, जसमा हजारौं श्रद्धालुहरु सहभागी हुने गर्दछन् ।

सर्लाही 

यस जिल्लाको सागरनाथ, मूर्तिया बाबाधाम, हरिहर महादेव प्रमुख पर्यटकीय स्थलहुन भने राज वारहैया, बौधीमाई, बाल्मिकी आश्रम, चर्तुभुजेश्वर महादेवआदि स्थानहरु यस जिल्लामा पर्दछन् ।

महोत्तरी 

यस जिल्लाका जलेश्वरनाथ महादेवः जलमा नै प्रवेश रहेकाले जलेश्वरनाथ महादेव भएको हो । यसलाई मिथिलाको प्रवेशद्वार मानिन्छ । बानेश्वरनाथ महादेव बाबा, कारिक बाबा पडौल, कन्चनवन, ध्र्रुवकुण्ड, गिरिजा स्थान, मालिवारा, निवुआटोल माइस्थान, सिद्धिनाथ मन्दिर, सोनामाई स्थान, टुटेश्वरनाथ महादेव, रौजा मजार, मंगलनाथ महादेव, मटिहानी आदि पर्यटकीय तथा धार्मिक स्थलहरु रहेका छन् ।

धनुषा 

यस जिल्लामा प्रमुख पर्यटकीय स्थलको रुपमा जानकी मन्दिर, राम मन्दिर, दुलहा–दुलही मन्दिर, जनक मन्दिर रहेका छन् । यस ठाउँका धार्मिक पोखरी र कुण्डहरुमा धनुषसागर, गंगासागर, रच्नसागर, विहारकुण्ड, अग्निकुण्ड, ज्ञानकुप, अंगराज सरोवर, दशरथ सागर, गोरधोई, पापमोचन सर, छत्रधारिणी पोखरी, तेलदिधकी सर, देवान पोखरी, डबरा पोखरी, पापमोचनी सर, पुण्यधन सर, वाल्मिकी सर, भुतही पोखरी, मुरलीसर, रामसागर, लक्ष्मणसर, सीताकुण्ड, सूर्यकुण्ड, विषहरा पोखरी, महाराज सागर, रुकमिणी सर, पार्वती सर, विडाल सरसहित ‘५२ कुटी ः ७२’ कुण्ड रहेका रामायणकालीन प्रमाणहरु यहाँ रहेका छन । अन्य स्थलहरुमा रंगभूमि मैदान, धनुषाधाम, धनुष भंगको एक भाग अझै रहेको, सतोषर, परशुराम तलाउ, क्षिरेश्वर महादेवआदि रहेका छन ।

सिरहा 

यस जिल्लामा प्रमुख पर्यटकीय स्थलको रुपमा सलहेश फूलवारी, बालासुन्दरी भगवती रहेका छन् । यसका अलवा सारश्वरनाथ महादेव–सिरहा, नन्दबाबा मन्दिर–बन्दीपुर, गाँउ–गाँउमा नगर देवता ‘डिहवार’ मन्दिर रहेका छन । यस जिल्लामा दशैं, जितिया, दिपावली, छठ, ईद, झिझिया नाच आदि चाडपर्व प्रसिद्ध रहेका छन् ।

सप्तरी 

यस जिल्लामा धार्मिक तथा पर्यटकीय स्थलहरुमा हनुमाननगर, गोबरगाड्डा, छिन्नमस्ता÷सखडेश्वरी भगवती, राजा मानदेवको प्रशासनिक एकाई चन्द्रभागा भगवती १५ औ शताब्दीमा राजा चन्द्रकेतुद्वारा स्थापित राजा बनौली द्रोणवार राजा पुरादित्यको राजधानी र महाकवि विद्यापतिद्वारा लिखनावली लेखिएको स्थल, गिद्धखोरा, चुरेपहाडमा विष्णुमन्दिर, रुपनगरमा लक्ष्मीनारायण मन्दिर, मौवाहामा १५० वर्ष पुरानो शम्भुनाथ मन्दिर, दिनाभद्री मरौढी–महुली खोलाको किनारमा सलहेश राजासँगको लडाईमा यदुवंशी दाजुभाई मारिएको स्थानका आदी क्षेत्रहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख