कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण विश्वब्यापी विस्तारले सबैलाई त्रसित बनाईराखेको छ । भाइरस विरुद्ध पुरै विश्व एक भएर लड्न प्रासरत भए पनि त्यो सफल हुन सकेको छैन । चीनको वुहान सहरबाट फैलिएको यो भाइरस नियन्त्रणका लागि अहिले सम्म औषधि पनि बनेको छैन । भाइरस नियन्त्रणका लागि विश्वका धेरै जसो देश लकडाउनको अवस्थामा छन् । यहि अस्था लम्बिए नेपालको अर्थतन्त्रमा नराम्रो असर पर्ने निश्चित छ । नेपालको आर्थिक समृद्धिको आधार बोकेको पर्यटन व्यवसाय पनि पूर्ण रुपमा बन्द छ । यस्तो अवस्थामा सरकारले आन्तरिक पर्यटनबाट टेवा पुग्ने गरी लकडाउनलाई केहि खुकुलो पार्ने जनाएको छ । लकडाउन पश्चात पर्यटकको आवागमन राम्रो मानिने क्षेत्र ग्रामीण पर्यटन हो । लकडाउनपछि नेपालको ग्रामीण पर्यटन क्षेत्रको भविष्य के हुने त ? खस्केको अहिलेको पर्यटनलाई माथि उकास्ने र आर्थिक समृद्धिको मुख्य आधार बनाउन के गर्नुपर्छ भन्ने विषयमा होममस्टे एशोसिएसन नेपाल (होसान) का अध्यक्ष केशब बडालसँग गरीएको कुराकानी।
कोरोना भाइरस कोभिड–१९ ले ग्रामीण पर्यटन (होमस्टे) मा कस्तो असर परेको छ ?
चीनको वुहान सहरबाट सुरु भएको नोवेल कोरोना भाइरस संक्रमणको विश्वब्यापी विस्तारले नेपालको ग्रामीण पर्यटन क्षेत्र पनि अछुतो बन्न सकेन । पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको रोजाईमा पर्न सफल भएको ग्रामीण पर्यटन (होमस्टे) सिजनमा देखा परेको कोरोना भाइरसका कारण बन्द छ । सरकारले सन् २०२० लाई ‘पर्यटन वर्ष’ घोषणा गरेदेखि नै ग्रामीण पर्यटनको विस्तार र लगानी तीव्र रूपले बढेको थियो । पर्यटन वर्षमा धेरै भन्दा धेरै पर्यटक ग्रामीण क्षेत्रमा भित्राउने उदेश्यले हामीले कृषि विकास बैंक संग विना धितो सहुलियत कर्जा को सम्झौता गरी कार्यानवयनको चरणमा थियो । तर विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण ग्रामीण पर्यटन क्षेत्र प्रभावित भएको हो ।
कोभिड–१९ भाईरसले ग्रामीण पर्यटनमा दिर्घकालीन असर कस्तो पर्ला ?
कोभिड–१९ भाईरसको औषधी जब सम्म फेला पदैन तब सम्म यस भाइरसको ग्रामीण पर्यटनमा दिर्घकालीन असर पर्दछ । किन भने होमस्टेमा आन्तरिक र वाह्य पर्यटकहरुको उतिकै आवागमन हुने गर्दछ । विश्वमा नै यसको समस्या भएकाले धेरै देशका पर्यटकहरु एक देश बाट अर्को देशको पर्यटकीय क्षेत्रमा जान चाहे पनि डर त्रास र संकाले जान नसक्ने हुन्छन् । तर होमस्टेमा यसको प्रभाव अलि कम पर्दछ । किनकि त्यहाँ स्वच्छ वातावरण, स्वस्थ्य खानपीन, साँस्कृतिक, पारिवारिक वातावरण, मानिसहरुको हिडडुल कम हुने अन्य गतिविधि पनि कम हुने हँुदा ग्रामीण पर्यटनमा संञ्चालित होमस्टेमा अली कम प्रभाव पर्ला जस्तो लाग्छ ।
ग्रामीण पर्यटन (होमस्टे) मा कोरोना भाइरस भित्रन नदिन के कस्ता सावाधानी अपनाउनु पर्ला ?
हो होमस्टेमा आन्तरिक तथा वाह्य पर्यटकहरु धेरै नै आउने गर्दछन् त्सयलाई मध्यनजर गदै होमस्टे कर्मिहरुले होमस्टेमा कोरोना भाइरसका चुनौतिहरु लाई अत्यन्तै सावधानी पूर्वक समाधन गर्नु पर्दछ । होमस्टेमा आउने पाहुँनाहरुलाई सुरक्षित गराउने नै पहिलो दायित्व हो । होमस्टेमा पाहुँना आईसकेपछि दुरि कायम गरेर स्वागत सत्कार गनर्,े प्रदेश गर्नु अघि पूर्वसावधानी अपनाउने, स्वस्थकर र ताजा खानपीनको व्यवस्था गर्ने, घर, बेड, वाचरुमहरु अत्यन्तै सफा राख्ने र नेपाली चलन अनुसारको खानपीन विधि अपनाउने र निरन्तर स्वास्थ्य कर्मीहरुसंग सम्पर्कमा रहिराख्नुपर्दछ ।
कोरोना भाइरस पश्चात ग्रामीण भेगमा खोलिएका होमस्टेहरुको विकास र समृद्धिका लागि के गर्नुपर्छ ?
कोरोना भाइरसपछि होमस्टेहरुको बिकास र समृद्धिका लागि अहिले नै होमस्टेकर्मीहरुले प्राप्त ध्यान दिनु पर्दछ । होमस्टेकर्मीहरुले यो लकडाउनको बेलालाई अवसरको रुपमा सदुपयोग गरि पाहुँनाको लागि अत्न्त सहज बसाईका लागि आफ्ना घर कोठा रंगरोगन, निर्माण, वेडहरुको उचित व्यवस्थापन, सौचालय ,बाथरुम सफा र स्तरिकरण, घरवरिपरि फलफूलका बैगौँचा, तरकारी खेति, फलफूल विरुवा रोपण, कुखुरा, बाख्रा, हास, र कालिज पालनका लागि घर टहरा निर्माण गरी अन्य पर्यटकीय साँस्कृतिक गतिविधिहरुको निर्माण गरेर चिरिच्याट पारेर राख्ने । अवको केहि वर्ष पर्यटनको सम्पूर्ण गतिविधि होमस्टेले नै हो । र चल्ने पनि होमस्टे नै हो यसबाट समृद्धिका हासील गरी नेपाल सरकारले लिएको निती ( सुखी नेपाली समृद्ध नेपाल) लाई सफल बनाउन मद्दत पुग्दछ ।
कोरोना भाइरसको समस्या समाधान पछि होमस्टेलाई अगाडि बढाउन नेपाल सरकरबाट के कस्ता योजनाहरु अगाडि बढाउनु पर्दछ ?
कोरोना को समाधान पछि होमस्टेलाई अगाडि बढाउन नेपाल सरकारबाट हामीले अगाडि आगामि योजनामै होमस्टेहरुको बिकासका लागि यथेस्ट ध्यान दिन भनेका छौँ । किन भने अब केहि बर्ष पर्यटनको आवागमन भनेको होमस्टे हो । वाह्य पर्यटकको संख्या कम हुने हुँदा होमस्टे नै प्रमुख पर्यटकीय गतिविधि संञ्चालन गर्ने निकाय हुने छ । त्यसका लागि नेपाल सरकारले पर्यटकीय पूर्वाधार निमार्ण साना उद्योग, कृर्षि र पशुपालन, सिचाई माछापोखरी, सास्कृतिक संग्राहालय, ऐतिहासिक र पौराणिक ठाउँहरुको संरक्षण र बिकास आदि निमार्णका साथै यस संग प्रत्यक्ष संलग्न महिला पुरुष र बालवालिका हुने हुँदा यसलाई लक्षित समुहमा राखि विना धितो लोन र सुलभ व्याजदरमा कर्जाको व्यवस्था गर्नु पर्दछ ।
ग्रामीण पर्यटनका सम्वन्धमा विभिन्न संघ संस्थाहरुको भूमिका के देख्नु भएको छ ?
ग्रामिण पर्यटनका सम्वन्धमा पर्यटन संग सम्वन्धीत विभिन्न संघ संस्थाहरुको भूमिका महत्वपूर्ण हुने गरेको छ । विभिन्न पृष्ठभूमिमा विभिन्न संघ संस्थाले विभिन्न काम गरि राख्नुभएको छ । तर जहाँ सम्म अन्य पर्यटन संग सम्वन्धीत संस्थाहरुको कुरा गर्न खोज्नु भएको हो भने त्यस्ता संस्थाहरुको काम भनेको गफ गर्ने बार्गेनिक गरेर योजनामा लुट गनर्,े त्यस्ता संस्थाहको सरकारी सेरोफेरोमा रम्ने, ग्रामीण पर्यटनका नाममा बार्षिक एकाध ठाउँको बारेमा नेपाल सरकारसंग प्रस्ताव गर्ने, त्यसैबाट आफू चल्ने, ग्रामीण पर्यटनका नाममा सिन्को नभाच्ने प्रवृति छ । अरु के भूमिका छ र ग्रामीण पर्यटनको को पहिलो कामकाजी निकाय भनेको हामी नै हो । हामी हाम्रा साथीहरु दिनरात यसको बिकास, विस्तार र स्तरिकरणका लागि घटीरहेका छौँ ।
होमस्टेहरुको समस्या समाधान गर्न होसानले अव कस्तो खालको भूमिका खेल्छ ?
कोभिड–१९ भाईरस ले गर्दा होमस्टेहरुका समस्या झन थपिदिएको छ । होसानले होमस्टेहरुका समस्याहरुका लागि पहिले पनि समाधान गदै आएको थियो र अब पनि समस्याहरुको समाधान तर्फ लाग्दै छौँ । हामीले लकडाउनको सुरुमै होमस्टेकर्मीहरु संग रहेका अभावहरु पूर्तिका लागि पर्यात ध्यान दिनुहोस भनेका छौँ । त्यहि अनुसार होमस्टेकर्मिहरुले आफ्ना यूनिटहरुमा निर्माण, पून निर्माण, आया आर्जन सरसफाईमा ध्यान दिनुभएको छ । यसलाई हामी प्रचार प्रसार गाछौँ । बाँकी पूर्वाधार, संञ्चार अरु थप बिकासका लागि स्थानीय निकाय, प्रदेश र संघ संग हामीले सम्पर्क गरेका छौँ । आगामी योजनामा होमस्टे प्रर्वद्धनका लागि महत्वपूर्ण सुझाव सहित योजना तयार पारेका छौँ । त्यो हामी पर्यटन मन्त्रालयमा पेष गदै छौँ ।