२०७७ पुष २५, शनिबार | २०८१ माघ ११ | [email protected]

प्रदेश १ का धार्मिक तथा पर्यटकीय गन्तव्यहरु

२०७७ पुष २५, शनिबार

प्रदेश नम्बर १ अन्य प्रदेशको तुलनामा पर्यटनमा अबल छ । यसका अलवा यो प्रदेश कृषि, शिक्षा, उद्योग, जलस्रोत, जातीय र सांस्कृतिक विविधता, सामाजिक बनोट र पर्यावरणीय हिसाबले प्रदेश नम्बर १ सबैभन्दा अगाडि छ । यहाँको शिक्षाको स्तर उच्च छ । पर्यटनको अपार सम्भावना छ र कृषिको आधुनिकीकरण गर्ने हो भने झापा, मोरङ र सुनसरीले मात्रै यो प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्छ ।

प्राकृतिक स्रोत साधनका हिसाबले सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो स्थान झापाको कचनकवल पनि यही प्रदेशमा पर्दछ । धार्मिक हिसाबले १ नम्बर प्रदेशमा पाथीभरा, उत्तर–पश्चिममा रहेको हलेंसी महादेव र चुरे–तराइ क्षेत्रमा रहेको बराहक्षेत्र, पिण्डेश्वरीलगायतका हिन्दु धर्मावलम्बीको तीर्थस्थल छन् । मधेस, पहाड र हिमालसम्म सडक सञ्जाल पुगेको यस प्रदेशमा उत्तर दक्षिणका ठूला व्यापारिक नाकाका कारण अझै व्यापक बनेको छ । चीनको नाका किमाथांका, ओलांचुङ्गोला तथा दक्षिणमा पशुपतिनगर, काँकडभिट्टा, जोगवनी तथा भण्टाबारी नाका चर्चित नाका हुन् । उत्तरका नाका चालू अवस्थामा नभए पनि दक्षिणका नाका अहिले चालू छन् ।

पर्यटकीय हिसाबले प्रदेश नम्बर १ धनि प्रदेशको रुपमा प्रर्दछ । यस प्रदेशमा मेचीका ४, कोशीका ६ र सगरमाथाका ६ मध्ये ४ गरी १४ जिल्ला समेटिएका छन् । २५ हजार ९ सय ५ वर्ग किलोमिटर क्षेत्रफल भएको यो प्रदेशमा ४५ लाख ३४ हजार ९ सय ४३ जनसंख्या छ । २०६८ सालको जनगणना अनुसार जनघनत्व १७५ दसमलव ०६ छ । ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुसहित तीन जिल्ला हिमाली प्रदेशमा, उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पांँचथर, इलामसहित ८ जिल्ला पहाडमा र झापा, मोरङ तथा सुनसरी तराईका जिल्ला हुन् ।

झापा 

प्रदेश नम्बर १ मा पर्ने झापा जिल्लको पर्यटकीय तथा धार्मिक स्थलहरुमा केचनकवल, नेपालको सबैभन्दा होचो ठाउँ हो । यो समुद्री सतहबाट ५८ मी. उचाइमा रहेको छ । अर्जुनधारा, कचनकवल, सतासीधाम कीचकबध, विराटपोखर, कन्काईमाई, समयगढ, चिल्लागढ, चन्द्रगढ, कृष्ण थुम्कि, जामुनखाडी सिमसार क्षेत्र आदि रहेका छन् ।

ईलाम जिल्ला 

यस जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरुमा अन्तुडाडा, श्रीअन्तु र समाल्बुङमा अवस्थित अन्तुडाँडाबाट सूर्योदय हेर्न सकिन्छ । यहाँबाट सूर्योदयको दृश्य राम्रो संग देख्न सकिन्छ . सूर्योदय र सूर्यास्तका लागि प्रख्यात अन्तुडाँडा, पाथीभरा, कन्याम, गुफापाताल, नयाँबजार, इलामको चिया बगान, सेतीदेवी, गजुरमुखी, सिंहवाहिनी, माइस्थान, लारूम्वा, सिद्धिथुम्का, सलकपुर, छिन्टापु, माईपोखरी, टोड्के झरनालगायतका थुप्रै पर्यटकीय स्थलहरु रहेका छन् ।

पाँचथर 

पाँचथर जिल्लामा अवस्थित जोरपोखरी, सिलौती, ऐतिहासिक महत्व बोकेको हिलिहाँङ दरबार, सुम्हात्लुङ देवस्थल, पानावा झर्ना, छिन्तापु, तिम्बुङ पोखरी, पौवा भञ्ज्याङ, सिंह सिद्ध तीर्थस्थल, स्वर्गपुरी मन्दिर, लब्रेकुटी, छालासुकुवा, गुरुङ संग्राहलय रहेको छ ।

ताप्लेजुङ

ताप्लेजुङ जिल्लामा अवस्थित पूर्वी नेपालकै प्रसिद्ध धार्मिकस्थल पाथिभरा देवी मन्दिर, विश्वकै तेस्रो र नेपालकै दोस्रो ८,५८६ मिटर अग्लो कंचनजंघा हिमश्रृंखला क्षेत्र, तिम्बुङपोखरी, फुङफुङे झर्ना, मिल्के जलजले क्षेत्र, दिकी छ्योलिङ गुम्बा लगायत रहेका छन् ।

मोरङ 

यस जिल्लामा विराट राजाको दरवार, धनपाल गढी , राजारानी पोखरी, राजा धनपाल थान, सुनबर्षी पोखरी, बागझोडा, सप्तकन्या गुफा, महादेव पार्वती गुफा, मिक्लाजुङ डाँडा, हरिश्चन्द्र गढी, हसेनी सिमसार, मण्ठपोखरी ड्डध्वजे डाँडा, बेतेनी ताल तथा मुख्य पर्यटकीय क्षेत्र बेतौना सिमसार क्षेत्र आदि रहेको छ ।

सुनसरी 

यस जिल्लामा एभरेष्ट विज्ञान केन्द्र, कोशी टप्पु वन्यजन्तु आरक्ष, चतराधाम, चिमडी दह, ठिंगेढुंगा, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर‎, बुढासुब्बा मन्दिर, भेडेटार, रामधुनी मन्दिर, वराहक्षेत्र, विष्णुपादुका मन्दिर, शिवजट्टा, सूर्यकुण्ड ड्डश्रीरामानुज सत्संग आश्रम आदि धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् ।

धनकुटा 

यस जिल्लामा पर्यटकीय सम्भावना बोका अजङ्गको रुख, चतुरवाहु विष्णु मन्दिर, जाल्पादेवी मन्दिर, ध्वजे डाँडा, नागेश्वर महादेव मन्दिर, निशान भगवती मन्दिर , पञ्चकन्या सहिदस्मृति पार्क, पाथीभरा देवी मन्दिर‎, भेडेटार, मार्गाथान, मधुगंगा महादेवस्थान, राजारानी ड्डविश्रान्ति मन्दिर, हिले बजार आदि पर्यटकीय तथा भार्मिक स्थलहरु रहेका छन् ।

भोजपुर 

भोजपुरलाई परिचय दिन विभिन्न प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गौरवका चिनो पर्याप्त छन् । प्रदेश एकको मध्यपहाडी जिल्लाको माझकिराँतमा अवस्थित यस जिल्ला जति प्रसिद्ध छ त्यति नै विकट पनि छ । यहाँको संस्कृतिमा किराँत बाहुल्य पाइन्छ । ट्याम्के डाँडा, मैयुङ डाँडा, साल्पा सिलिचुङ, षडानन्दको जन्मभूमी दिङ्ला, सिद्धकाली मन्दिर, नाग छाँगा, बैकुण्ठे, ऐतिहासिक हतुवागढी आदि पनि पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् ।

संखुवासभा 

यस जिल्लामा मनकामना, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ, शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा मकालु प्रथम (८४६३ मी.), मकालु दोस्रो (७६७८ मी.), वरुनत्से (७१२९ मी.), चाम्लाङ्ग (७३१९ मी.), हिमचुली (६४२४ मी.), कुम्भकर्ण (७१२९ मी.), मकालु बरुण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका,मिल्के डाडाँ आदि पर्यटकीय संम्भावना बोकेका क्षेत्र रहेका छन् ।

सोलुखुम्बु 

यस क्षेत्रका पर्यटकीय क्षेत्रहरुमा सगरमाथा, ल्होत्से, चोयु, ग्याचुङगाङ, नुप्त्से, चोमोलुङमा, पुमोरी, आमाडव्लम, थाम्सेर्कु, नुम्बुर, ल्होत्सेसार, पासाङल्हामु, खुम्बु तथा वरिपरिका उच्च उपत्यकाहरू सोलुखुम्बुको मात्र नभएर संसारकै प्रमुख पर्यटकीय स्थलहरू रहेका छन् । मेरापिक, पिके डाँडा, रात्नाङ्गे डाँडा, नौलेख खर्क, दूधकुण्ड पोखरी, साल्पा पाँचपोखरी, लामाजुरा, धर्म्पिक, पत्ताले डाँडा चर्चित गन्तव्यको रूपमा विकास हुँदैछन् । त्यसैगरी सिलिचो, तिलपुङ डाँडा, सुके पोखरी, गोक्यो, स्याङबोचे, पाङबोचे डाँडा, दिवुचे, दिङबोचे, लबुचे, गोरक्सेप, काला पत्थर, इम्जा ताल, ठमो, थामे, खोङमाला पास, चोला पास, रेञ्जो पास, गोक्योरी खुम्बिला, क्वाङदे, फाक्दिङ अत्यधिक पर्यटक पुग्ने स्थलमार्गहरू हुन् । बूढा सिद्ध मन्दिर, लौरेश्वर शिव मन्दिर, गौरीटाप, टिम्बुरबोटे सहिद पार्क, सिंहकाली मन्दिर, ज्वालामाई मन्दिर, जालिम मन्दिर, पञ्चकन्या कालिकादेवीको मन्दिर, गुप्तकाली आदि थप धार्मिक तथा पर्यटकीय स्थलको रूपमा प्रसिद्ध छन् ।

खोटाङ 

यस जिल्लाका मुख्य पर्यटकिय स्थलहरूमा बराहापोखरी, हलेसी महादेवस्थान, ट्याम्केडाँडा, मेरुङ डाँडा र सेल्मेडाँडा आदी पर्दछन। यसका साथै हलेसीमलाथुम्की, तुवाचुङ जायजुम, मुढे डाँडा, रूपाकोट डाँडा, मझुवा गढी, ताराखसे डाँडा र सहदेउ गढी आदि स्थल पनि पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थलका रुपमा रहेका छन।

उदयपुर 

संरक्षण तथा प्रचारप्रसारको अभावले उदयुपरका दर्जनौं पर्यटकीय स्थल उपयोगविहीन बन्न थालेका छन् । जिल्लाका मुख्य पर्यटकीय क्षेत्रहरू जाल्पादेवी, लिम्पाटार, रौतापोखरी, चित्रेथाम, चौदण्डीगढी, उदयपुरगढी, ताप्ली पोखरी, मैनामैनी, कोशी टप्पु वन्यजन्तु आरक्षलगायत रहेका छन् ।

ओखलढुंगा 

यस जिल्लामा पर्यटकीय क्षेत्रको रुपमा सतासीधाम रहेको छ । हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनी सतासीधामलाई लिने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख