२०७७ पुष २६, आईतवार | २०८१ माघ ७ | [email protected]

सिमरा बाट प्रत्येक शनिवार माउन्टेन फ्लाइट, व्यवसायी उत्साहित

२०७७ पुष २६, आईतवार

नेपालको पहिलो एयरपोर्ट सिमराबाट पहिलोपटक माउन्टेन फ्लाइट सुरु भएको छ । माउन्टेन फ्लाइटको शनिबार उद्घाटन गदै संघीय सांसद कृष्णकुमार श्रेष्ठले सिमराबाट सिधै माउन्टेन फ्लाइट हुँदा भारतीय तथा आन्तरिक पर्यटकहरुलाई राहत मिल्ने र यसले तराई क्षेत्रको विकासमा समेत टेवा पुग्ने बताउनुभयो ।

सर्बोच्च शिखर सगरमाथासँग साक्षात्कार गरौ, प्राकृतिक सुन्दरताको अनुभूति गरी पर्यटन प्रवर्द्धन गरौ’ भन्ने नारासहित प्रदेश २ को सिमाराबाट पहिलोपटक माउन्टेन फ्लाइट सुरु गरिएको होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का महासचिव मोहन शर्मा लामिछानेले बताउनुभयो । शर्माले सिमारा बाट प्रत्येक शनिवार उडान हुने माउन्टेन फ्लाइटले विश्वको सर्वोच्च शिखर सगरमाथा सहित विभिन्न हिमश्रृंखलाको नजिकैबाट अवलोकन गर्न सकिने र यस उडानले प्रदेश दुईको पर्यटन व्यवसायमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

माउन्टेन फ्लाइट सुरू भएसँगै ट्राभल एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् । भारतीय पर्यटकलाई लक्षित गरि सिमाराबाटै प्लाइट सुरु हुदा काठमाडौ जाने झन्झटको अन्तय भएको छ ।

कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको पर्यटन व्यवसाय चलायमान बनाउन उडान सुरुभए पछि मारमा परेका व्यवसायी उत्साही भएका छन् । यद्यपि पूर्ण रुपमा चहलपहल भईनसकेको र स्वास्थ्य सावधानी अपनाउनुपर्ने अवस्थाले भने केही झन्झट, केही चिन्ता यथावतै रहेको उनीहरू बताउँछन् ।

सिमरा टुर एण्ड ट्राभल्स, अप्सरा टुर एण्ड ट्राभल्स, नगर उद्योग वाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघ, होटल सिमरा ईन, सिमरा बिमानस्थल कार्यालय र क्लासिक होटलको संयुक्त सहकार्यमा यति एयरलाईन्सको सहकार्यमा माउन्टेन फ्लाईट सुरु गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित ख