होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का महासचिव मोहन शर्मा नेपाल पर्यटन बोर्डबाले गठन गरेको आन्तरिक पर्यटन पुनरुत्थान समितिको सह-संयोजकमा तोकिनुभएको छ ।
नेपाल पर्यटन बोर्डले शर्मालाई प्रदेश २ को सह संयोजकमा तोकिएको पत्र दिएको छ । शर्मा प्रदेश २ को होटल व्यवसायी महासंघका महासचिव, अप्सरा टुर एण्ड ट्राभल्स, होटल न्यू सगुन तथा ईलिफेन्ट भिलेज रिसोर्ट का सञ्चालक हुनुहुन्छ ।