२०७७ फाल्गुन १, शनिबार | २०८१ फाल्गुन ४ | [email protected]

कृष्ण कुमार श्रेष्ठ आओर टुरिजम न्युजको प्रबन्ध निर्देशकमा नियुक्त

२०७७ फाल्गुन १, शनिबार

टि.एम.एन मिडिया प्रा.लिद्धारा सञ्चालित आओर टुरिजम न्युज डटकम तथा मासिक पत्रिकाको प्रबन्ध निर्देशकमा कृष्ण कुमार श्रेष्ठ नियुक्त हुनुभएको छ ।

शुक्रबार मिडियाको सञ्चालक समिति बैठकले ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरी देश तथा विदेशमा चिनाउने उदेश्यले अनलाइनलाई अझ प्रतिस्पर्धी बनाउन श्रेष्ठलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको सञ्चालक टंक रेग्मीले जानकारी दिए।

श्रेष्ठको नियुक्ति पछि अनलाईन र पत्रिकालाई व्यवस्थित पादै विशुद्ध पर्यटन सम्वन्धी नेपालको पहिलो मिडियाकोे रुपमा स्थापित गराउने सञ्चालक समितिले अपेक्षा गरेको छ।

विगत दुई दशक देखि होटल तथा पर्यटन क्षेत्रमा आवद्ध निर्देशक श्रेष्ठ काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको सदस्य, होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको सदस्य हुदै होटल व्यवसायी महासंघ नेपाल को केन्द्रिय सदस्य हुनुहुन्छ । श्रेष्ठले होटल व्यवस्थापन विषयमा स्नात्तोर तहको अध्ययन गर्नुभएको छ।

२०७३ सालमा कम्पनी रजिष्टार कार्यालय, आन्तरिक राजस्व कार्यालय, प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभाग मा दर्ता भई कीर्तिपुर २ काठमाडौंमा मुख्य कार्यालय रहेको यस मिडियाले सातै प्रदेशमा आफ्नो पहुच बनाउन सफल भएको छ । पर्यटन क्षेत्रमा लामो समय काम गरेका संचारकर्मीहरुद्धारा स्थापित नेपालकै एक विशुद्ध पर्यटन सम्वन्धी समाचारहरु प्रकाशन तथा प्रशारण यस मिडियाले गदै आएको छ ।

यस मिडियाले नेपाललाई विश्वसामु एक पर्यटकीय मुलुक हो भनेर चिनाउनको लागि समाजमा रहेका पुराताŒिवक, ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक, साहासिक र धार्मिक सम्पदाका बारेमा सत्य, तथ्य र समानताका साथ आम पाठकमाझ अंग्रेजी तथा नेपाली भाषमा आफ्नै अनलाईन तथा मासिक पत्रिका आओर टुरिजम न्युजबाट समाचार प्रकाशित गदै आइरहेको छ ।

श्रेष्ठको कार्याकालमा यस मिडियाले निरन्तर प्रगति गर्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख