२०७७ फाल्गुन २४, सोमबार | २०८१ चैत्र ७ | [email protected]

पत्रकार टंक रेग्मीलाई पर्यटन पत्रकारिता पुरस्कार

२०७७ फाल्गुन २४, सोमबार

होटल व्यवसायी संघ बाँकेले आओर टुरिजम न्यूजका सम्पादक टंक रेग्मीलाई पर्यटन पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत गरेको छ ।

शनिबार भएको १६औं तथा १७ औं साधारणसभाका अवसरमा होटल व्यवसायी संघ बाँकेले पर्यटन क्षेत्रलाई नै लक्षित गरेर पत्रकारिता मार्फत होटल तथा पर्यटन क्षेत्रमा पुर्याएको योग्दानलाई उच्च कदर गदै रेग्मीलाई नगद पाँच हजार सहित पर्यटन पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत गरेको हो ।

बिगत १२ वर्ष देखि पत्रकारितामा सक्रिय रेग्मी नेपालको एक मात्र विशुद्ध पर्यटन सम्वन्धी मिडिया आओर टुरिजम न्युुज अनलाइन तथा मासिक पत्रिकामा आवद्ध छन् । सम्मानले आगामी दिनमा आफूलाई पर्यटन क्षेत्रमा काम गर्न थप हौशला तथा उर्जा प्रदान गरेको रेग्मीले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख