२०७७ चैत्र १०, मंगलवार | २०८१ फाल्गुन ७ | [email protected]

थलिएको पर्यटन उठाउन पर्यटकीय गाउँमा ‘हाइकिङ’

२०७७ चैत्र १०, मंगलवार

बागलुङ । कोरोना भाइरसका कारण थलिएको ग्रामीण पर्यटनलाई लयमा फर्काउन बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा एक दिने पदयात्रा गरिएको छ । जिल्लाको पहिलो घरबास रहेको भकुण्डेमा कोरोनाका कारण आन्तरिक पर्यटक आउन छाडेपछि अहिले उक्त गाउँ सुनसान छ । कोरोनाका कारण थलिएको पर्यटन उकास्न प्रचारप्रसार अभियानअन्तर्गत बागलुङ बजारदेखि भकुण्डेको बराहतालसम्म हाइकिङ गरिएको छ । सामाजिक कार्यमा सक्रिय रोट्र्याक्ट क्लब अफ बागलुङले सञ्चालन गरेको रोट्र्याक्ट सप्ताहको दोस्रो दिन पर्यटकीय गाउँमा हाइकिङ गरिएको क्लबका अध्यक्ष ताराप्रसाद शर्माले जानकारी दिए ।

‘कोरोनाले थलिएको पर्यटन व्यवसायलाई उकास्न हाइकिङ गरिएको हो,’ शर्माले भने, ‘जिल्लाकै पहिलो ग्रामीण पर्यटनको केन्द्रको रूपमा चिनिएको भकुण्डेको प्रचारप्रसार र पर्यटकको आगमन बढाउनेछ ।’ २ घण्टाको पैदलयात्रामा वराहताल पुगेको हाइकिङमा सहभागी सुस्मिता केसीले जानकारी दिइन् ।

हाइकिङपछि भकुण्डे पुग्ने पर्यटकको संख्या बढ्ने अपेक्षा उनले गरिन् । भकुण्डेको वराहताल, दृश्यावलोकन स्तम्भ तथा मनोरम दृश्य र जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेकाले यसलाई हाइकिङको रूटका रूपमा विकास गर्न आवश्यक रहेको हाइकिङमा सहभागी सौरभ केसीले जानकारी दिए ।

यही चैत १२ गतेसम्म विभिन्न रचनात्मक तथा सामाजिक कार्यका साथ सप्ताह सञ्चालन गरेको क्लबले जिल्लाको पर्यटन प्रवर्द्धनका लागि हाइकिङ गरेको हो । क्लबका अध्यक्ष शर्माको नेतृत्वमा २१ जनाको समूह उक्त एक दिनको पदयात्रामा सहभागी भएको क्लबले बताएको छ । भकुण्डेमा स्थानीय उत्पादनबाट बनेको खाना तथा आतिथ्यका लागि घरवाससमेत सञ्चालनमा रहेको छ ।

त्यसैगरी चैत ९ गते नेपाल पत्रकार महासंघ बागलुङ र रोट्र्याक्ट क्लब अफ बागलुङका बीच मैत्रीपूर्ण फुटसल, १० गते बोर्ड व्यस्थापन, ११ गते दुर्घटना न्यूनीकरणका लागि सहयोग पुर्‍याउन मोटरसाइकल र स्कुटरमा सन्देशमूलक स्टिकर टाँस गर्ने र १२ गते छात्रवृत्ति वितरणसहित समापन गरिने केसीले जानकारी दिए ।आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित ख