
भारतीय नागरिकहरु नेपालको बाटो हुदै खाडी मुलुक साउदी जान थालेपछि काठमाडौँका होटलहरु भरिभराउ हुन थालेका छन् ।
कोभिड १९ का कारण साउदीले भारतीय सिधा उडान रोके पछि भारतीय नागरिकहरु नेपालको बाटो हुदै खाडी मुलुक जान थालेका हुन ।
साउदीले फेब्रुअरी पहिलो सातादेखि जोखिम बढेको भन्दै भारत लगायत २० देशबाट हुने सीधा उडान बन्द गरेको थियो । तर नेपाल संग भने सीधा उडानमा रोक लगाएको थिएन ।
होटल व्यवसायीहरुका अनुसार भारतीय नागरिकहरु अहिले बसपार्क, विमानस्थल, गौशाला, सुन्धारा लगाएतका होटलहरुमा भरिभराउ भएका छन् ।