तिलिचो ताल घुम्न जाने आन्तरिक पर्यटको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । वाह्य पर्यटकको गन्तव्य भए पनि कोभिड १९ का कारण बाह्य पर्यटक सहजै नेपाल आउने वातावरण नबन्नुले आन्तरिक पर्यटकको रोजाई तिलिचो ताल बन्न पुगेको मनाङका पर्यटन व्यवसायीहरु बताउछन् ।
तिलिचो ताल पुग्ने उपयुक्त सिजन फागुन देखि बैसाख सम्म भएका कारण दैनिक दर्जनौ आन्तरिक पर्यटक घुम्न आउने गरेको व्यवसायी बताउछन् ।
तिलिचो ताल समुद्रिक सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाईमा रहेको छ भने३ दशमलव ८ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ । यस ताल बाट मुक्तिनाथ, तिलिचो हिमाल, निलगिरी आँखै अगाडि देख्न सकिन्छ ।