नयाँ वर्ष आउनासाथ हामीले घुम्ने योजना बनाउदछौँ । नेपालमा घुम्ने ठाउँहरु धेरै नै छन् । तर घुम्ने ठाउँहरुको सम्प्रर्ण जानकारी नहुँदा हामी कहाँ जाने भनेर अलमलिरहेका हुन्छौँ । परिवार तथा साथीभाइसँग घुम्न जाने ठाउँबारे प्रष्ट रुपमा थाहा नपाउदा रमाइलो गर्न जाँदा सास्ती खेप्नुपर्ने अवस्था आउन् सक्छ । त्यसैले नयाँ वर्ष २०७८ सालमा प्रदेश २ मा घुम्न जाँदै हुनुहुन्छ भने हामीले प्रदेशमा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरुका बारेमा आवश्यक जानकारी पस्किएका छौंः
प्रदेश दुईका १० उत्कृष्ट पर्यटकीय गन्तव्य
१.जनकपुर धाम
प्राकृतिक स्रोतसाधनले भरिपूर्ण, संस्कृतिको धनी र धार्मिक पर्यटकीय क्षेत्रको सम्भावना बोकेको जनकपुर आन्तरिक तथा वाह्य पर्यटकको रोजाइको केन्द्र बनेको छ । राजर्षि जनकको प्राचीन मिथिलाराज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको जन्मभूमि हो जनकपुर । धार्मिक पर्यटकका लागि जनकपुर पशुपति पछिको द्रोस्रो ठूलो केन्द्र हो । जनकपुरमा रहेका पुराना राम मन्दिर, नौलखाका रूपमा परिचित ‘जानकी मन्दिर’, राजा जनकले शिवधनुष पूजा गर्ने स्थानमा निर्मित ‘जनक मन्दिर’, लक्ष्मण मन्दिर, रत्नसागर मन्दिर, रङ्गभूमि मैदाननजिकैको हनुमानको ‘सङ्कटमोचन मन्दिर’, स्वर्गद्वारी लगायतका धार्मिक स्थल एवम् तालतलैया सरोवर र दैनिक रूपमा हुने गङ्गा आरतीले धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्यस्थलका रूपमा चिनाएको छ । अग्निकुण्ड, विहारकुण्ड, रसिक निवास, हनुमान दरबार, रानीपाटी, पीपरा कुटी पनि आकर्षणका केन्द्र हुन । गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, ज्ञानकुप, अग्निकुण्ड, अरगजा, दशरथसर, गोडधोई, पापमोचनिसर, लक्ष्मणसागर पनि धार्मिक पर्यटकका लागि निकै उपयुक्त छन् ।
२. पर्सा राष्ट्रिय निकुञ्ज
पर्सा राष्ट्रिय निकुञ्ज पर्या पर्यटनको लागि उत्कृट गन्तव्य हो । काठमाडौंबाट नजिकको दूरीमा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारी तथा वन्य जन्तुहरूको अवलोककन गर्न पाईन्छ । यहाँ अध्ययन तथा अवलोकन गर्न जानेको लागि उपयुक्त छ । पर्या पर्यटन, धार्मिक पर्यटन, औद्योगिक पर्यटन क्षेत्रमा अध्ययन गर्न आउने लाइ टेवा पुग्छ । यसका अलवा रैथाने जङ्गली हात्ती, पाटे बाघ गौरी गाई तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको सहज अवलोकन तथा जंगल सफारी गर्न सकिन्छ ।
३. वाराको गढीमाई मन्दिर
गढीमाई मन्दिर प्रदेश नम्बर दुईको बारा जिल्लामा अवस्थित प्रसिद्ध शक्तिपीठ हो । यहाँ हरेक पाँच पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि ठूलो मेला लाग्ने गर्दछ । धार्मिक पर्यटनको आस्थाको केन्द्रको रुपमा रहेको यस शक्तिप बरियारपुरमा रहेको छ । यहाँ खुल्ला चउरमा त्रिशूल राखिएको छ । शूल रूपी तीन ताप (आध्यात्मिक, आदिर्दे्विक र आदिभौक्तिक) नाश हुन्छन् भन्ने जनविश्वास रहेको छ । दक्षिणतिर देवीको मूर्ति राखिएको मन्दिर रहेको छ भने पूर्व(दक्षिणतिर पीपलबोटसँगै ब्रहृमाको स्थान रहेको छ । यहाँका पूजारी थारू जातिका छन् । बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै आठ किलोमिटर पूर्व रहेको छ गढीमाई ।
४. सर्लाहीको नाढीवन ताल
प्रदेश नम्बर दुईको पर्यटकीय स्थलको रुपमा परिचत छ सर्लाहीको नाढीवन ताल । करिव ७ सय हेक्टर क्षेत्रफलमा रहेको यो ताल आन्तरिक तथा वाह्य पर्यटकको एक गन्तव्य हो । यस तालमा घुम्न जानेको लागि डुङ्गा सयरको व्यवस्था रहेको छ । तालको छेउमा मन्दिर पनि छ यसले धार्मिक रुपमा आस्था राख्ने पर्यटकको लागि सहज बनाएको छ । तालको वरिपरि सहजै हिडडुल गर्न सकिन्छ । याहाँ खानको लागि निकै नै सस्तो छ । यस तालमा हेर्नको लागि सहज रुपमा गाडिको व्यवस्था रहेको छ ।
५. सिम्रौनगढ
ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक रुपले सम्पन्न सिम्रौनगढ प्रदेश नम्बर दुईको खुल्ला संग्रहालय हो । यो हिन्दु धर्मावलम्बीको एकमात्र बलि नचढाइने संसारकै शक्तिपीठ हो । यस ठाउँमा कंकाली मन्दिर प्रख्यात छ । तत्कालीन राजा शिवसिंहद्वारा १२ औं शताव्दीमा निर्माण गरिएको महत्त्वपूर्ण राष्ट्रिय सम्पदा रानीवास मन्दिर पर्यटकका लागि आकर्षको केन्द्र हो ।
६. लहान नगरपालिका क्षेत्र
धार्मिक ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाका हिसाबले प्रदेश नम्बर दुईको लहान नगरपालिका क्षेत्र एक पर्यटकीय स्थल हो । यस नगरपालिकाका हरेक वडा धार्मिक पर्यटनका लागि उपयुक्त्त रहेका छन् । वडा नम्बर १५ मा राजदेवी स्थान, वाडा नम्बर १२ मा सलहेश फूलबारी १६ मा अवस्थित काभ्रे महादेवस्थल, १७ मा देवीदह, १८ मा पकडिया गढ, २० मा ब्रम्हाण फूलबारी, २४ मा मानिक दह र खपटेडाँडा ऐतिहासिक, धार्मिक पर्यटनस्थल हुन ।
७. जलेश्वरनाथ महादेव
प्रदेश नम्बर दुई मा घुम्न जाँदै हुनुहुन्छ भने महोत्तरीको जलेश्वरनाथ महादेव नछुटाउनुहोस । यहाँ विश्वकै एकमात्र जलभित्र विराजमान शिव महालिङ्ग रहेको छ । धार्मिक आस्थाको रुपमा रहेको जलेश्वरनाथ महादेवको पूजा गरेमा मनको इच्छा पूरा हुने जनविश्वास रहेको छ । जलेश्वरनाथ महादेव मन्दिरमा दुई भुजासहित बीचमा केही उठेको भाग छ । मन्दिरको मध्यवर्ती भागतिर १६ सिढीमुनि एउटा चतुष्कोण आकारको जलकुण्डमा शिवलिङ्ग रहेको छ । जलकुण्डमा रहेको यिनै शिजवीलाई जलेश्वरनाथ अर्थात् जलेश्वर महादेवको नामबाट पुकारिन्छ ।
८. सलहेश फूलवारी
प्रदेश नम्बर दुईको एक पर्यटकीय गन्तव्य हो सिरहास्थित लहान नगरपालिका वडा नम्बर १२ मा रहेको सलहेश फुलबारी । यहाँ नयाँ वर्षको दिन मात्र फुल्ने फूल ले आन्तरक तथा वाह्य पर्यटकलाई आकर्षित गरेको छ । सिरहाको लहान बजारदेखि पाँच किलोमिटर पश्चिममा रहेको सहलेश फूलबारीमा राजा सलहेश फूल टिप्न जान्थे भन्ने किंवदन्ती भनाई रहेको छ । प्रतापी राजा सहलेशको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरूको सम्झनास्वरूप प्रत्येक वैशाख १ गते यहाँ परम्परागत मेला लाग्ने गर्दछ । यहाँ रहेका दुईवटा हारम प्रजातिको रुखमा प्रत्येक वर्ष वैशाख १ गते माला आकारको सेतो फूल फुल्ने गर्दछ ।
९. छिन्नमस्ता भगवती मन्दिर
प्रदेश दुईको धार्मिक पर्यटकीय स्थलको रुपमा नेपाल कै प्रवित्र स्थल मानिने सप्तरी जिल्लामा अस्थित छिन्नमस्ता भगवतीे मन्दिर । यो मन्दिर राजविराज देखि करीव ९ कि.मि. दक्षिण भारतको सीमा नजिक स्थापित छ । यहाँ पुजा आजा गरे मनमा चिताएका कुरा पुरा हुने जनविश्वास रहेका छन् । धार्मिक रुपमा विश्वास गर्नुहुन्छ भने एक पटक यस ठाउँमा पुग्नुहोस । यस ठाउँमा जानको लागि सहज रुपमा गाडि पाउँछ ।
१०. शिवनगर मन्दिर
धार्मिक पर्यटनको प्रदेश नम्बर दुईको अर्को गन्तव्य हो रौतहटमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल शिवनगर महादेव मन्दिर । यस मन्दिरमा श्रीपञ्चमीको बेला दर्शनार्थीको घुुँईचो लाग्ने गर्दछ यो मन्दिरमा प्रत्येक आईतवार नियमित जल चढाए कुुष्ट रोग निको हुने, छोराछोरी हुने र श्रीपञ्चमी तथा महा शिवरात्रीमा शिवनगर महादेव स्थानमा भेन्टा चढाएमा छाला रोग मानिने मुुसो स्वत हराउने । धार्मिक जनविश्वास छ ।