
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्नभएको छ । शाहीले फ्लोर क्रस गर्दै सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्य कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्रालय, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, नन्दसिंह बुढालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालको मन्त्रीमा नियुक्त गर्नुभएको हो ।