२०७८ बैशाख ६, सोमबार | २०८१ माघ ४ | [email protected]

बुद्ध एयरले पोखरादेखि विराटनगर, सिमरा, नेपालगन्ज र भैरहवा उडान गर्ने

२०७८ बैशाख ६, सोमबार

नेपालको निजि विमानसेवा कम्पनी बुद्ध एयरले वैशाख १८ देखि पोखराबाट विराटनगर, सिमरा नेपालगन्ज र भैरहवा उडान गर्ने भएको छ ।

कोरोनाका कारण सुस्ताएको काठमाडौं बाहिरको अर्थतन्त्रलाई चलायमान बनाउ बुद्ध एयरले पोखरालाई हब बनाउँदै गण्डकी प्रदेशबाट प्रदेश १ को राजधानी विराटनगर, प्रदेश दुईको सिमरा, लुम्बिनी प्रदेशको नेपालगन्ज र भैरहवा उडान गर्ने भएको हो । बुद्धले यि ठाउँहरुमा १८ सिट क्षमताको बिच १९००–डी विमान सातामा ३ दिन उडाउने छ ।

यस्तै बुद्धले विराटनगरबाट तुम्लिङटार, भरतपुरदेखि भैरहवा पनि उडान गर्ने घोषणा गरेको छ ।

वैशाख १८ गते देखि ट्रायल उडान गर्ने बुद्ध एयरले नेपाली र भारतीयको भाडा दर एउटै बनाउने तथा न्यूनतम दरको ब्राभो फेयरमा टिकट बिक्री गर्ने जनाएको छ ।
बुद्धले पोखरा देखि नेपालगन्ज ४५ सय, पोखरा–विराटनगर ६ हजार, पोखरा–सिमरा ४३ सय, विराटनगर–तुम्लिङटार २५ सय, पोखरा–भैरहवा ३१ सय र भैरहवा–भरतपुर २५ सय रुपैयाँको टिकट रहने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख