
नेपाल आयल निगमले गत शनिबार रातिबाट लागु हुने गरी हवाई इन्धनको मूल्यमा वृद्धि गरेपछि वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेका छन् ।
वायुसेवा सञ्चालक संघले वृद्धि गरेको भाडा नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरे पछि सोमबार रातिबाट लागु हुने गरी हवाई भाडा वृद्धि भएको हो ।
वृद्धि भएको भाडामा काठमाडौंबाट धनगढीका लागि ८५ रुपैयाँ, नेपालगन्जका लागि ६५ रुपैयाँ, भद्रपुरका लागि ६० रुपैयाँ, विराटनगरका लागि ५० रुपैयाँ, भैरहवाका लागि ४५ रुपैयाँ, पोखराका लागि ३५ रुपैयाँ र सिमराका लागि १५ रुपैयाँ बढेको छ । यस्तै पर्वतीय उडानतर्फको भाडा ६५ रुपैयाँ ले बढेको छ ।
बढेको छ ।