
सरकारले कोरोनाको संक्रमण भयावह रूपमा बढेको भन्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार मध्यरातिदेखि आन्तरिक उडान र बुधबार मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । मन्त्री ज्ञवालीले सबै खाले उडान वैशाख मसान्तसम्म बन्द हुने र चार्टर्ड उडानका लागि अनुमति दिने निर्णय बताए ।